default_image

7 years ago

September 13, 2017

च्याम्पियन्स लिगमा म्यान्चेस्टर युनाइटेडले बासेललाई हरायो

90 views

0 Bookmark

म्यान्चेस्टर (एजेन्सी) – ओल्ड ट्राफोर्डमा खेलिएको च्याम्पियन्स लिग समुह ‘ए’को खेलमा म्यान्चेस्टर युनाइटेडले बासेलमाथि ३-० को सहज जित दर्ता गरेको छ । युनाइटेडका लागि मारोएने फेलाइनी, मार्कोस रासफोर्ड र रोमेलु लुकाकुले गोल गरे ।

Lukaku

मिडफिल्डर पल पोग्बा घाइते भएपछि मैदान छिरेका फेलाइनीले ३० औँ मिनेटमा हेडरमार्फत गोलबाट घरेलु टोलीले अग्रता लियो । त्यस्तै च्याम्पियन्स लिगमा आफ्नो पहिलो खेल खेल्दै गरेका रोमेलु लुकाकुले ५३ औँ मिनेटमा युनाइटेडको अग्रता दोब्बर बनाए । च्याम्पियन्स लिगमा ‘डेब्यु’ गरिरहेका अर्का खेलाडी मार्कोस रासफोर्डले खेलको तेस्रो गोल गर्दै घरलु टोलिको जित सुनिश्चित गरेका थिए ।

म्यान्चेस्टर युनाइटेड युरोपा लिग जित्दै च्याम्पियन्स लिगमा छनोट भएको थियो । खेलपछी प्रतिक्रिया दिँदै म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक होसे मौरिन्हले घाइते भएका पोग्बाले युनाइटेडको आउँदो एभर्टनसँगको प्रिमियर लिगको खेल गुमाउन सक्ने बताए । समूह ‘ए’को अन्य खेलमा सीएसकेए मस्कोले बेनिफिकालाई २-१ ले हराएको थियो । खेलको ५० औँ मिनेटमा पछि परेको मस्कोले खेल उल्ट्याउँदै घरेलु मैदानमा जित पक्का गरेको थियो ।

September 29, 2024

बायर्न र लेभरकुसनले बराबरी खेले

एजेन्सी – जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख र साविक विजेता बायर लेभरकुसनले बराबरी खेलेका छन् । दुई टोलीबीचको खेल १-१ को बराबरीमा टुंगिएको हो। घरेलु मैदान एलियान्ज एरिनामा बायर्नका लागि एलेक्सजेन्डर पाव्लोभिच र लेभरकुसनका लागि रोबर्ट एन्ड्रिचले गोल गरे । खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । खेलको ३१औं मिनेटमा एन्ड्रिचको गोलमार्फत लेभरकुसनले अग्रता लिएको […]

September 29, 2024

लिभरपुलको पाँचौं जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा वल्भ्सलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । छैटौ खेलमा पाँचौ जित हात पार्ने क्रममा लिभरपुलले शनिवार वल्भ्सलाई पराजित गरेको हो । वल्भ्सको घरेलु मैदानमा भएको खेलमा लिभरपुल २-१ ले विजयी भयो । लिभरपुलको जितमा इब्राहिम कोनट र मोहम्मद सलाहले गोल गरेका थिए। घवल्भ्सका लागि भने रायन एन्ट नुरीले […]

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

Success

Thank you for your time.