default_image

7 years ago

September 12, 2017

फिफा १८ सेप्टेम्बर २९ मा रिलिज हुने

45 views

0 Bookmark

फ्लोरिडा (एजेन्सी)- विश्वप्रसिद्ध गेमिंग कम्पनी इलेक्ट्रोनिक आर्टस (इए) स्पोट्र्सले यस बर्षको फिफा २०१८ भिडियो गेम यहि सेप्टेम्बर २९ मा रिलिज गर्दैछ । हरेक वर्ष मा इएले यस गेमको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको छ । वास्तविक खेल जस्तै भिडियो गेममा पनि फुटबल त्यतिनै लोकप्रिय रहेको छ । अघिल्लो वर्ष सर्वाधिक बिक्रि हुने इलेक्ट्रोनिक्स गेमको सूचीमा फिफा १७, ९औं स्थानमा रहेको थियो।

 

 
इएले आज यो वर्षको फिफामा सम्मिलित उत्कृष्ट १ सय खेलाडीको सुची पनि सार्वजनिक गरेको छ । इएले यो बर्ष पनि ९४ रेटिङ सहित क्रिस्टियानो रोनाल््डोलाई नै पहिलो स्थानमा राखेको छ । लियोनल मेस्सी ९३ रेटिङ सहित दोस्रो स्थानमा छन् । नेयमार, नोयर र लुइस स्वारेज ९२ रेटिङ सहित संयुक्त रुपमा तेस्रो स्थानमा छन् ।
टप १० खेलाडीहरुको रेटिंग यस्तो रहेको छ:
गोन्जालो हिगुएन (९०): गति- ७९ ड्रिबल – ८३ प्रहार – ८७ पास – ७० शारीरिक क्षमता – ७४
टोनी क्रुस (९०): गति – ५० ड्रिबल – ८१ प्रहार -८१ पास – ८८ शारीरिक क्षमता – ७०
इडेन हजार्ड (९०): गति -९० ड्रिबल – ९२ प्रहार – ८२ पास – ८४ शारीरिक क्षमता – ६६ 
सर्जियो रामोस (९०): ७६ ड्रिबल – ७२ प्रहार -६३ पास – ७१ शारीरिक क्षमता -८३
रोबर्ट लेवानडोस्कि (९१): गति -८१ ड्रिबल – ८६ प्रहार -८८ पास – ७५ शारीरिक क्षमता -८०  
म्यानुअल नोयर (९२)गति- ५८ डाइभ -९१ प्रहार -९५ 
लुइस सुआरेज (९२): गति -८२ ड्रिबल – ८६ प्रहार – ९० पास – ७९ शारीरिक क्षमता -८१
नेयमार(९२): गति – ९२ ड्रिबल – ९४ प्रहार – ८४ पास – ७९ शारीरिक क्षमता- ६०  
लियोनल मेस्सी (९३): गति -८९ ड्रिबल – ९५ प्रहार – ९० पास – ८६ शारीरिक क्षमता – ६१
क्रिस्टियानो रोनाल्डो (९४): गति -९० ड्रिबल – ९० प्रहार – ९३ पास – ८२ शारीरिक क्षमता – ८०

November 18, 2024

नर्वेको जितमा हालाण्डको ह्याट्रिक

एजेन्सी – एर्लिङ हालाण्डले ह्याट्रिक गरेको युइएफए नेसन्स लिगको खेलमा नर्वेले सहज जित हासिल गरेको छ । लिग बी समूह ३ मा नर्वेले आइतवार कजाकिस्तानलाई ५-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नर्वेको जितमा सोर्लोथ र नुसाले गोल थपे । हालाण्डले २३औं र ३७औं मिनेटमा गोल गर्दै नर्वेलाई सानदार सुरुवात दिलाएका थिए […]

November 18, 2024

फ्रान्ससँग इटालीको हार

एजेन्सी – युरोपेली नेसन्स कपमा आइतवार फ्रान्सले इटालीलाई ३-१ ले हराएको छ। लिग ए समूह २ बाट क्वाटरफाइनलमा पुगिसकेका दुई टोलीबीच नतिजापछि फ्रान्स समूह विजेता बनेको छ। एक गोलको अन्तरले पराजित भएको अवस्थामा इटाली समूह विजेता बन्ने समीकरण थियो। सानसिरोमा भएको खेलमा फ्रान्सका मिडफिल्डर रेबियटले २ गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। इटालीका […]

November 17, 2024

धर्वेन्द्रको ह्याट्रिकमा जावलाखेलको जित

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान धर्वेन्द्र कुँवरको ह्याट्रिकको सहयोगमा जावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यु १८ युथ लिगमा सहज जित दर्ता गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आइतवार जावलाखेलले सातदोबाटो युथ क्लबविरुद्ध ४-१ को जित हासिल गरेको हो । जावलाखेलका लागि अर्को गोल प्रशान्त तामाङले गरे । सातदोबाटोका लागि निसप्रकाश बरालले […]

Success

Thank you for your time.