8 years ago
September 12, 2017
बार्सिलोना (एजेन्सी) – विश्व क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट शुरु हुदैछ ।नयाँ सिजनको समूह चरणको पहिलो खेलमै स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई घरेलु मैदानमा निम्त्याउदैछ ।
यी दुई क्लब अघिल्लो सिजनमा सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमा इटालियन क्लब युभेन्टसले बाजी मारेको थियो । समूह ‘डी’ मा रहेको बार्सिलोना र युभेन्टसबीचको खेल आज राति १२ः३० बजेपछि शुरु हुनेछ । पछिल्लो तीन सिजनमा दुईपटक फाइनलमा पुग्न सफल भएको मासिमिलियानोको युभेन्टस बार्सिलोनालाई घरेलु मैदानमा रोक्ने रणनीतिमा हुनेछ ।
‘पछिल्लो तीन सिजन हाम्रो लागि निकै उत्कृष्ट रह्यो । हामीले उपाधि जिन्त त सकैनौ । तर, लगातार तीन सिजन च्याम्पियन्स लिगको फाइनलमा पुग्नु पनि क्लबको लागि ठूलो सफलता हो ,’ प्रशिक्षक एलेग्रीले भने ,‘ तर, दुईपटकको फाइनलिष्ट युभेन्टस आफ्ना मुख्य ६ खेलाडीविनै नोउ क्याम्पमा उत्रदैछ । जर्जियो चिलीयानी, सामी खेडिरा, कलाउडियो मार्चिसियो, बेनेडिक्ट, मारियो मान्जुकिकले चोटका कारण बार्सिलोना भ्रमण गरेका छैनन् भने प्रतिबन्धका कारण जुवान कोर्डाडोले खेल गुमाएका हुन् ।
युभेन्टस अघिल्लो सिजनको फाइनलमा अर्को स्पेनिस क्लब रियल म्याड्रिडसँग ४–१ ले पराजित भएको थियो । सन् २०१५ मा बार्सिलोनासँग पराजित भएको थियो । यता, यस सिजन आफ्ना मुख्य खेलाडी नेयमारलाई गुमाएको बार्सिलोना युभेन्टसमाथि बदला लिने लक्ष्यका साथ उत्रनेछ । बार्सिलोना अघिल्लो सिजन सेमिफाइनलमा ४–२ ले पराजित भएको थियो ।
यस्तै समूह ‘डी’ कै अर्को खेलमा ओलम्पियाकोसले स्पोर्टिङ लिस्वनसँग खेल्दैछ । यस्तै च्याम्पियन्स लिगको समूह ‘बी’ को खेलमा फ्रान्सको लिग वान क्लब पेरिस सेनट जर्मेन (पिएसजी) ले सेल्टिकसँग खेल्दैछ । यसै सिजन कीर्तिमानी रकममा ब्राजिलका नेयमारलाई क्लबमा अनुबन्ध गरेको पिएसजीले फ्रान्सका केलियन बाप्पेलाई पनि मोनाकोबाट लोनमा क्लबमा अुनबन्ध गरेको छ । यस्तै जर्मन च्याम्पियन बायर्न म्युनिखले एन्डरलेकसँग खेल्दैछ ।
च्याम्पियन्स लिगका अन्य खेलहरु
समूह ‘ए’ का खेल
बेन्फिकका विरुद्ध सिएसके मस्को
म्यानचेष्टर युनाइटेड विरुद्ध एफसी बसेल
समूह ‘सी’
चेल्सी विरुद्ध क्वाराबाग एफसी
रोमा विरुद्ध एथलेटिको म्याड्रिड
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]