default_image

9 years ago

December 6, 2015

सागर थापा – ‘सपना चकनाचुर भयो’

94 views

0 Bookmark

खेल मिलेमतोको अभियोगमा राष्ट्यि टोलीका कप्तान सागर थापासहित ५ खेलाडीमाथि एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन समितिले आजिविन प्रतिबन्ध लगाएको थियो , त्यस निर्णय बिरुद्ध खेलाडीहरूले अपिल गर्ने बताएका छन् , कान्तिपुर अनलाईन ले जनाएको छ  ।

sagar thapa

‘एएफसीले १० दिनभित्र अपिल गर्ने समय दिएको छ । हामी त्यस निर्णयविरुद्ध पक्कै पनि अपिल गर्नेछौं, फुटबल टोलीका पूर्व कप्तान सागर थापाले कान्तिपुर लाई भने ।

‘आजीवन प्रतिबन्ध हुनु भनेको अन्याय हो । यदि यही हो भने जिन्दगी नै सकिने भयो । भविष्यमा फुटबलमा मिहिनेत र केही गर्ने सपना चकनाचुर भयो, शत प्रतिशत हामी फिक्सिङमा संलग्न छैनौं । यो कसैको पूर्वनियोजित षडयन्त्रजस्तो लागेको छ । फुटबल राजनीतिको चपेटामा हामीलाई मोहोरा बनाइयो ’ , सागर थापाले थपे ।

November 15, 2024

इङ्ग्ल्यान्ड र नर्वेको जित

एजेन्सी – इंग्ल्यान्ड र आयरल्याण्डले नेसन्स लिगमा बिहीवार विजयी छन् । लिग बी समूह २ को खेलमा इंग्ल्यान्डले ग्रिसलाई ३-० ले हरायो । ओली वाट्किन्सले सातौं मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाए। ७७ औं मिनेटमा ग्रिसका गोलकिपर ओडेसेस भ्लाचोडिमोसको आत्मघाती गोलमा इङ्ग्ल्यान्डको अग्रता दोब्बर भयो। कर्टस जोन्सले ८३ औं मिनेटमा गोल गरेपछि इङ्ग्ल्यान्डको जित सहज […]

November 15, 2024

ब्राजिल बराबरीमा रोकियो

एजेन्सी – फिफा विश्व कप २०२६ को दक्षिण अमेरिका छनोट खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । ब्राजिल भेनेजुएलासँग शुक्रवार १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा भेनेजुयलाको लागि तेलास्को सेगोभिया र ब्राजिलका लागि राफिन्हाले गोल गरेका थिए । खेलको ४३औं मिनेटमा राफिन्हाले फ्रिकिकबाट गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । सेगोभियाले […]

November 15, 2024

विश्व विजेता अर्जेन्टिनाको हार

एजेन्सी – विश्व विजेता अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा शुक्रवार पराजित भएको छ।पाराग्वे अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको हो। लउतारो मार्टिनेजले ११ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । तर टोलीले त्यसलाई जोगाउन सकेन । पाराग्वेका लागि१९ औं मिनेटमा एनटोनिओ सानाब्रिआले बराबरी गोल गरे। पाराग्वेका ओमनर एलडेरेटले दोस्रो हाफको दोस्रो मिनेटमा गोल नै […]

Success

Thank you for your time.