default_image

8 years ago

September 12, 2017

एकै दिन गोलकिपर किरणको दोहोरो खुसी

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको गोलकिपर किरण चेम्जोङका लागि सोमबार दोहोरो सफलताको दिन रह्यो । राजधानीमा पल्सर स्पोर्टस अवार्ड २०७३ मा बर्षका उत्कृष्ट खेलाडी पुरुष घोषित हुँदै गर्दा किरण भने व्यावसायिक जिम्मेवारी निर्वाह गर्ने क्रममा माल्दिभ्समा लिग खेलिरहेका थिए ।

पल्सर स्पोर्टस अवार्ड बर्षको उत्कृष्ट खेलाडी, पुरुषका विजेता किरण चेम्जोङकी आमा हर्कमाया राई हंसराज हुलास चन्द एन्ड कम्पनी प्रा।लि।का प्रबन्ध निर्देशक शेखर गोच्छासँग अवार्ड ग्रहण गर्दै (बायाँ)। गोलकिपर किरण चेम्जोङ (दायाँ) ।

किरणको अनुपस्थितिमा उनकी आमा हर्कमाया राईले अवार्ड ग्रहण गरिन् भने उनी सम्मलित टोली टिसी स्पोर्टसलेले धिवेही प्रिमियर लिग (डिपिएल) मा सफलता हासिल गर्यो । मालहोसलाई ३–२ ले हराएसँगै किरणको टोली अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

गत मंगलबार ताजकिस्तानसँग एएफसी एसियन कप छनोटको खेलपछि किरण मंगलबार नै माल्दिभ्स गएका थिए । ताजकिस्तानसँगको खेल भने नेपालले २–१ ले गुमाएको थियो । किरण माल्दिभ्स पुगेपछि उनको टोलीले सफलता हासिल गरेको छ । ५ खेलपछि किरणको टोलीको १० अंक पुगेको छ । १ खेल कम खेलेको माजियको पनि १० अंक छ भने ५ खेलमा १२ अंकसहित न्यू रेडियन्ट शीर्षस्थानमा छ ।

गत वर्षको प्रदर्शनका आधारमा अन्य ५ खेलाडीलाई पछि पार्दै किरणले वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए ।उक्त अवार्डका लागि क्रिकेटका शदर भेषावकर, ब्याडमिन्टनका रत्न जित तामाङ, एथलेटिक्सका सोमबहादुर कुमाल र भलिबलका मानबहादुर श्रेष्ठ मनोनयमा परेका थिए ।

उनी काठमाडौंमा हुँदा मनोनयन सार्वजनिक भएको थियो । उनले अवार्डसहित पल्सरको मोटरसाइकल पनि जितेका छन् । उनले माल्दिभ्स जानुअघि हाम्रो खेलकुद डटकमसँग ‘अवार्ड’ मिस हुने बताएका थिए । यसपटक स्वदेशमा रहेका बखत उनी अन्य ७ खेलाडीसँगै युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय प्रतिभाबाट पनि सम्मानित भएका थिए ।

 

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.