8 years ago
September 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मस्र्याङ्दी क्लवले प्रथम जेसिज कप फुटवलको उपाधी जितेको छ । सोमवार नारायणगढको क्याम्पाचौरमा भएको फाईनलमा विभागिय टोली शशस्त्र प्रहरी वल एपिएफलाई २-१ ले पराजीत गर्दै उपाधिसँगै नगद ३ लाख ५० हजार रुपैया पाएको हो ।
उपविजेतामा चित्त वुझाएको एपिएफले ट्रफीसंगै नगद १ लाख ७५ हजार प्राप्त गर्यो । फाईनल प्रतिस्पर्धामा मनाङले पहिलो हाफमा २-० को अग्रता लिएको थियो । एपिएफले पहिलो हाफमा गोल गर्ने केही अवसरलाई सदुपयोग गर्न सकेन् ।
मनाङका लागि पहिलो हाफको १९ र ४० औं मिनेटमा सुजल श्रेष्ठले गोल गरे । दोश्रो हाफमा आक्रमक रुपमा प्रस्तुत भएको एपिएफका लागि ६४औं मिनेटमा हरी कार्कीले गोल गरे पनि त्यो अपर्याप्त रह्य ।
खेलमा एपिएफका हरी कार्की प्लेयर अफ दि म्याच घोषित हुदै नगद ५ हजार पाए । प्रतियोगिताको प्लेयर अफ दि सिरिज मनाङका सुजल श्रेष्ठले प्राप्त गरे ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]