default_image

8 years ago

September 11, 2017

गोलकिपर किरण वर्षका उत्कृष्ट खेलाडी

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार लिम्बु पल्सर स्पोर्टस अवार्ड वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

Kiran

फुटबलमा नेपालले अहिले सम्मकै ठूलो सफलता प्राप्त गर्दा किरणले पोष्ट सम्हालेका थिए । कात्तिकमा मलेसियामा नेपाललाई एएफसी सोलिडारिटी कपको उपाधि दिलाउन किरणको भूमिका महत्वपूर्ण रहेको थियो । उनले सेमिफाइनलमा दुईवटा वटा पेनाल्टी जोगाएका थिए । एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्ससँगको खेलमा उनले एक पेनाल्टी बचाएका थिए ।

अन्य मनोनयन : ब्याडमिन्टनका रत्नजित तामाङ, एथलेटिक्सका सोमबहादुर कुमाल, भलिबलका मानबहादुर श्रेष्ठ र क्रिकेटका शरद् भेषावकर

किरणकुमार लिम्बु, फुटबल

–एएफसी सोलिडारिटी कप च्याम्पियन

–सेमिफाइनलमा लाओससँग टाइब्रेकरमा ३ पेनाल्टी रोकेका

–एएफसी एसियन कप छनोटमा फिलिपिन्ससँग पनि १ पेनाल्टी बचाउ

–माल्दिभ्सको प्रिमियर लिग क्लब टीसी स्पोर्ट्मा अनुबन्धित

–बंगलादेशमा भएको शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा टीसी स्पोर्ट्सलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान, सेमिफाइनलमा मनाङमस्र्याङदीसँगको खेलमा म्यान अफ द म्याच

mens

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.