7 years ago
September 10, 2017
इटहरी (हाम्रो खेलकुद ) – महेन्द्र मेमोरियल स्कुल दुहबीले सुनसरी जिल्ला स्तरिय अन्तर मा. वि. सांसद कप फुटबल प्रतियोगीताको उपाधि जितेको छ ।
इटहरी जनता मा विको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा पुर्व क्षेत्रीय पुलिस स्कुल धरानलाई २-१ पराजित गर्दै महेन्द्रले उपाधि जितेको हो । महेन्द्रलाई जित दिलाउन राम कामत र अबिसेक चौधरीले गोल गरे ।
aपुलिसका लागि एक मात्र गोल युसन राई ले गरे । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशवकुमार बिष्टले पुरस्कृत गरे । महेन्द्र मेमोरियलले उपाधिसहित २०,००० हजार प्राप्त गर्यो । उपविजेताले १०,००० हजार पायो । पुलिसका सुसन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताको उत्कृष्ट गोलकिपर महेन्द्रका सुजित चौधरी, उत्कृष्ट डिफेन्डर इटहरी मोडलका सन्जोक तामाङ, उत्कृष्ट मिडफिल्डर महेन्द्रका अजय घोस्वामी, उत्कृष्ट फर्वाड महेन्द्रका राम कामत घोषित भए ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ। दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग टोली त्रिभुवन फुटबल आर्मी क्लब र संकटा एफसी बिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ। संकटाले एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ। अर्को विभागीय टोली नेपाल […]
February 28, 2025
हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]