default_image

7 years ago

September 9, 2017

मनाङ जेसिज कपको फाइनलमा, एपिएफसँग उपाधि भिडन्त

71 views

0 Bookmark

भरतपुर (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी प्रथम इ प्लानेट जेसिज कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको हो । हेटौडाको विजय युथ क्लबलाई आज २–० ले हराउँदै गत बर्षको सफल टोली मध्यको एक मनाङ अन्तिम दुईमा पुगेको हो ।

Set MMC copy

मनाङले सोमबार हुने फाइनलमा अर्को ‘ए’ डिभिजन टोली नेपाल एपिएफ क्लबको सामना गर्नेछ । सुदूरपश्चिमलाई ३–० ले हराउँदै एपिएफ यसअघि नै फाइनल पुगिसकेको छ ।

MMC

नारायणगढको क्याम्पाचौरमा मनाङलाई जित दिलाउन विमल राना र सुजलले श्रेष्ठले गोल गरेका थिए । ५५ औं मिनेटमा विमलले पहिलो गोल गरे । त्यस्तै विमलकै पासमा सुजलले ७८ औं मिनेटमा अर्को गोल थपेका थिए ।

प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ३ लाख रुपैयाँ तथा दोस्रो हुने टोलीले १ लाख ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

January 16, 2025

स्मृति कप फुटबलको सेमिफाइनल समीकरण पूरा

अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]

January 16, 2025

एन्फा यु १६ लिग – थ्री स्टार र संकटा विजयी

काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]

January 16, 2025

झापा ११ चिफ मिनिस्टर्स गोल्ड कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]

Success

Thank you for your time.