8 years ago
September 9, 2017
काठमाडौं ( हाम्रो खेलकुद )- नेपाल खेलकुद पत्रकार मञ्चले १४ औं संस्करणको बजाज पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले शनिबार पत्रकार सम्मेलनको आयोजना अवार्डको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।
१४ औ संस्करणको पल्सर स्पोर्टस अवार्ड यही सोमबार कमलादीस्थित नेपाल एकेडेमी हलमा हुदैछ । जुन नेपाली व्यावसायिक खेलकुद पत्रकारहरूको एकमात्र संगठन मञ्चको २२ औं स्थापना दिवसको एक दिन अघि हो ।
कार्यक्रमका अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टले यो अवार्डमा राखेपको सदैव साथ रहेको बताउँदै अवार्डका लागि राखेपले १० लाख रुपैया उपलब्ध गराउन आफ्नोतर्फबाट पहल गर्ने प्रतिबद्धता जनाए । ‘नेपाल खेलकुद पत्रकबार मञ्चले आयोजना गर्ने यो अवार्ड नेपालको सर्वाधिक ठुलो, लोकप्रिय र आकर्षक अवार्ड हो । यसमा कुनै द्धिविधा छैन ।’
कार्यक्रम दौरान सदस्यसचिव विष्टले भने, ‘म सदस्यसचिव भएर आएदेखि नै खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्नुपर्छ भनेर सोच बनाएको थियो तर, गतवर्ष मञ्चको अवार्डमा पुगेपछि मेरो आफ्नो योजनालाई थाती राख्दै यसै अवार्डलाई आकर्षक बनाउने निष्कर्षमा पुगे । यो नै हाम्रो खेलकुदको लागि ठुलो अवार्ड हो ।’ यस्तै सदस्य–सचिव विष्टले खेल क्षेत्रका सबैलाई अवार्डका लागि अझ योग्य बन्न आग्रह गरे ।
मञ्चका अध्यक्ष महेश आचार्यले खेलाडीहरु मनोनयनमा पर्नु नै विजेता भैसेकेको बताउदै अवार्ड दिन एक जना मात्र छानिने एउटा प्रक्रिया मात्रै रहेको बताए । मञ्चले खेलाडीहरुको वर्ष भरिको परिश्रमको मुल्याङ्कन गर्न अवार्ड कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारे । यस्तै अध्यक्ष आचार्यले यो अवार्डलाई सरकार आफैले आयोजना गर्न पनि सुझाव दिए ।
यस्तै दुईपटकको उत्कृष्ट खेलाडी तथा एकपटक युवा खेलाडी बनेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पल्सर स्पोर्टस अवार्ड नेपाली खेलकर्मीहरुले वर्षै भरि कुर्ने प्रतिष्ठित अवार्ड रहेको बताए ।
‘म युथदेखि सिनियरसम्म पल्सर स्पोर्टस अवार्डबाट सम्मानित भैसकेको छु । तर, म यो अवार्डको मनोनयनमा पर्नुलाई पनि विजयी सरहमान्ने गर्दछु ‘ कप्तान पारसले भने, ‘खेलकुदमा लगानीविना अघि बढ्न गाह्रो भैरहेको अवस्थामा मञ्चले अवार्ड कार्यक्रम गरेर व्यापरिक घरनाहरुलाई खेलकुदमा ल्याउने राम्रो काम गरिरहेको छ । यस्तो खालको अवार्ड फङसनले खेलाडीलाई मोटिभेट गर्नेछ ।’ पारसले आफु हरेक पटक अवार्ड जित्ने कोशिस गर्ने बताए ।
यस्तै ओलम्पियन, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्व अध्यक्ष दीपक विष्टले यो अवार्डले खेलकुदमा छुट्टै चर्चा कमाइसकेको बताए । ‘म यसलाई राष्ट्रिय पुरस्कारको संज्ञा दिन चाहान्छु । यस्ता खालका अवार्डले खेलाडीलाई इनकरेज गरिरहेको छ ।’ ओलम्पियन विष्टले भने, ‘यो अवार्डले प्राइभेट सेक्टरलाई पनि खेलकुदमा लगानी गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।’
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले पल्सर स्पोर्टस अवार्ड नेपाली खेलकुदको इतिहासमा सबैभन्दा लोकप्रिय अवार्ड रहेको बताए । ‘यो अवार्डको मनोनयनमा पर्दा आफैले आफैलाई विजयी महसुस भएको आभास हुन्छ । त्यसैले यो अवार्डको मनोनयनमा पर्नु नै जित हासिल गरेको ठान्दछु ’ अध्यक्ष श्रेष्ठले भने, ‘सारा नेपाली खेल जगत यो अवार्डकै प्रतिक्षामा रहेको हुन्छ । खेल पत्रकारले गर्ने अवार्ड संसारमा विरलै देखेको छु ।’
मञ्चका पूर्व अध्यक्ष तथा एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले मञ्चको एकताको कारण एकदमै गाह्रो काम निकै सहज ढंगले सम्पन्न भैरहेको बताए । मञ्चले यसअघि पिपुल्स च्वाइस अवार्डको मनोनय सार्वजनिक गरेको थियो । त्यसको केही दिनपछि अवार्डको तयारीलाई अघि बढाउने क्रममा मञ्चले वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधाको मनोनयन हामीले यसअघि नै सार्वजनिक गरिसकेको थियो । यस्तै स्पेसल अवार्ड, पारा एथलिट र लाइफटाइम एचिभमेन्ट अवार्ड कार्यक्रमकै दिन सोमबार घोषणा गरिने मञ्चले जनाएको छ ।
वि.सं २०७३ सालमा आफ्नो खेलक्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्नुहुने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई विभिन्न आठ विधामा सम्मानित गर्ने थलो पल्सर स्पोर्ट्स अवार्ड नेपाली खेलकुद क्षेत्रकै सबैभन्दा प्रतिष्ठित कार्यक्रम हो । वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र पिपुल्स च्वाइस अवार्ड विजेतालाई गत वर्ष पल्सर मोटरसाइकल प्रदान गरिएको थियो ।
यसपटक प्रशिक्षक विधाका विजेतालाई पनि मोटरसाइकलको व्यवस्था गरिएको छ । यससँगै यसवर्षको अवार्डमा चार उत्कृष्टले बजाज पल्सर एनएस १६० मोटरसाइकल प्राप्त गर्नेछन् ।
अन्य विधाका विजेतालाई ५० हजार रुपैयँसहित गिफ्ट ह्याम्परहरू प्रदान गरिनेछ । यस स्पोर्ट्स अवार्ड मञ्चले २०६० सालदेखि निरन्तर आयोजना गरिरहेको छ ।
हंसराज हुलास चन्द एन्ड कम्पनी प्रा.लि.को मुख्य प्रायोजन रहेको पल्सर स्पोर्ट्स अवार्डमा इन्टरनेशनल सोसाइटी फर मेडिकल एजुकेशन (आइएसएमइ), सूर्य नेपाल प्रा.लि., रुस्लान फुटबल, साहस स्पोर्ट्स्, रोयल सिंगी होटल, डिस मिडिया नोटवर्क लिमिटेडको डिस होम एक्सन स्पोर्ट्स, टिएचटी लाइभ ३३१३१, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, एभरेष्ट बैंक र एभिन्यूज टेलिभिजन साझेदारका रुपमा रहेका छन् । एभिन्यूजले अवार्डको प्रत्यक्ष प्रसारण गर्नेछ ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]