default_image

8 years ago

September 8, 2017

इन्डोनेसियामा रोहितको टोली विजयी

96 views

0 Bookmark

टेङ्गरोङ(एजेन्सी) – इन्डोनेसियाको लिग वोनमा रोहित चन्द सम्मेलित पर्सिजा जकार्ताले घरेलु टोली मित्र कुकरलाई २-१ ले पराजित गरेको छ । पर्सिजा २३ खेलमा १० जित र ९ बराबरी सहित पाँचौ स्थानमा छ ।

खेलको पहिलो हाफमा घरेलु टोलीले लिएको अग्रतालाई उल्ट्याउँदै भ्रमणकारी टोली पर्सिजाले तीन अंक प्राप्त गर्न सफल भएको छ । कुकरले मार्स्लेइ ससरको पेनाल्टी मार्फत ४१ औं मिनेटमा अग्रता लिएको थियो । दोस्रो हाफको सुरुआतमा ब्रुनो लोपेसले रोहित कै पासमा बराबरी गोल गरेका थिए । ब्राजिलियन स्ट्राइकर लोपेसको यो जारी सिजनको पाँचौ गोल हो । पर्सिजाका लागि रिज्की लेस्टालुहुले ६१ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

पर्सिजाले अर्को खेलमा लिगको शिर्षस्थानमा रहेको बाली युनाइटेडको सामाना गर्नेछ । पहिलो स्थानमा रहेको बालीको ४४ अंक छ भने पर्सिजा ३९ अंक सहित पाँचौ स्थानमा छ ।

March 18, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको‌ सामना गर्यो […]

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

Success

Thank you for your time.