8 years ago
September 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)- रसियाको मस्कोमा अर्को बर्ष आयोजना हुने अनाथ तथा सडक बालबालिकाको विश्वकपमा नेपालको प्रतिनिधित्व गर्नका लागि २६ खेलाडीको प्रारम्भिक छनोट भएको छ । सेल्टर आश्रय नेपालले राष्ट्रिय अनाथ तथा सडक बालबालिका राष्ट्रिय फुटबल लिग आयोजना गर्दै प्रारम्भिक २६ जना खेलाडी छनोट गरेको हो ।
छनोट भएका खेलाडीहरुमा अशोक नेपाली (थ्री एन्जल्र्स), सचिन विश्वकर्मा (थ्री एन्जल्र्स), जिवित कुश्मा थारु (थ्री एन्जल्र्स), सन्जु बादी (थ्री एन्जल्र्स), विशाल बादी (थ्री एन्जल्र्स), राजु बादी (थ्री एन्जल्र्स), सुनिल बादी (थ्री एन्जल्र्स), रमेश शाह (नेपाल बाल मन्दिर), हर्ष ठकुरी (नेपाल बाल मन्दिर), सन्तोष खत्री (नेपाल बाल मन्दिर), कुमार लामा (खुसी नेपाल), विराज श्रेष्ठ (खुसी नेपाल), एरोन कार्की (खुसी नेपाल), रोशन भुजेल (खुसी नेपाल), मनविर लामा (खुसी नेपाल), खेम राज रिमाल (प्रयास ओसिड), राजु वन (प्रयास ओसिड), रोशन कामी (प्रयास ओसिड), सन्तोष राई (सेल्टर आश्रय नेपाल), सुजन परियार (सेल्टर आश्रय नेपाल), विक्रम मल्ल (लाइट हाउस फाउण्डेसन), अर्जुन रोका मगर (लाइट हाउस फाउण्डेसन), विशाल सिटौला (सोबर रिकभरी), पवन शाही (एक्सन लभ नेपाल), उब्जन काकी (सांग्रिला) र विकेश तिमल्सिना (सांग्रिला)
रसियाको मस्कोमा आयोजना हुने स्ट्रिट चिल्ड्रेन वल्र्डकप २०१८ को लागि खेलाडी छनोट गर्ने उद्धेश्यले आयोजना गरिएको राष्ट्रिय अनाथ तथा सडक बालबालिका फुटबल लिगको उपाधि थ्री एन्जल्र्सले जितेको छ । पोखराको थ्री एन्जल्सले नेपाल बालमन्दिरको ‘बी’ टिमलाई ४–१ ले पराजित ग¥यो । यस्तै प्रयास ओसिडले खुशी नेपाललाई पराजित गर्दै तेस्रो स्थान हात पार्यो।
प्रतियोगितामा आठ गोल गरेका थ्री एन्जल्र्सका सचिन विश्वकर्मा सर्वाधिक गोलकर्ताबाट सम्मानित भए । थ्री एन्जल्र्सकै विशाल बादी सर्वोत्कृष्ट खेलाडी घोषित भए। विजयी टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब कुमार विष्ट लगायतले पुरस्कार वितरण गरे ।
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]