8 years ago
September 8, 2017
भरतपुर (हाम्रो खेलकुद)– विभागिय टोली नेपाल एपिएफ क्लब चितवनमा जारी प्रथम ई–प्लानेट जेसिज कप–२०७४ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । नारायगढको क्याम्पाचौरमा सुदुर पश्चिमाञ्चल ११ लाई आज ३–० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो ।
खेलको अन्त्यतिर हरि कार्कीले २ र नवीन लामाले गोल गर्दै एपिएफलाई जित दिलाएका थिए । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र हेटौडाको विजय युथ क्लबको विजेतासँग एपिएफले सोमबार फाइनल खेल्नेछ ।
अन्तिम १० मिनेट सम्हालिन नसक्दा सुदूरपश्चिमले पराजित भएको थियो । पहिलो गोल हरिले ८० औं मिनेटमा गरेका थिए । त्यसको ५ मिनेट पछि नवीनले गोल गरे । हरिले नै इन्जुरी समयमा गोल गरेपछि एपिएफको जित सहज बनेको थियो ।
खेलको म्यान अफ दी म्याच बनेका नवीनले ५ हजार रुपैयाँ प्राप्त गरे । विजेता उपाधिसहित ३ लाख ५० हजार रुपैयाँ र दोस्रो हुने टोलीले १ लाख ७५ जार रुपैयाँ प्राप्त गर्नेछन् ।
जेसिज कपमा शनिबारको सेमिफाइनल
मनाङविरुद्ध विजय युथ
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]