7 years ago
September 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्डको वर्षको उत्कृष्ट युवा खेलाडी खेलकुद क्षेत्रले चासोका साथ हेर्न विधा पर्दछ । कारण यी यो विधामा मनोनयनमा पर्ने ती खेलाडी भनेका नेपाली खेलकुदमा अब आउने केही वर्ष चर्चामा सक्ने सम्भावना बोकेका खेलाडी हुन् । सोमबार हुने यस पटकको पल्सर स्पोर्टस अवार्डको युवा विधामा पाँच अलग अलग खेलका खेलाडी मनोनयनमा परेका छन् ।
क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, जुडोकी मनिता श्रेष्ठ प्रधान, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा मालीबीच यसपटक युवा खेलाडी अवार्डका लागि प्रतिस्पर्धा हुँदैछ । गत वर्षमा उनीहरुले गरेको प्रदर्शन र प्राप्त उपलब्धिको आधारमा मनोनयनको सुचि तयार पारिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।
दीपेन्द्रले गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीका लागि सबैभन्दा बढी ३ सय ५७ रन बनाएका थिए । जसमा उनको चार अर्धशतक पनि रहेको छ । त्यसका अलवा उनले ४ विकेट पनि लिएका थिए । सुदूरपश्चिमका दीपेन्द्रले राष्ट्रिय टोलीबाट ५ खेलमा तीन अर्धशतकसहित २ सय ११ रन जोडेका थिए ।
उनले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्यासँग ६२ रन बनाएका थिए । त्यस्तै, इमर्जिङ टिम्स कपमा उनले बंगलादेशविरुद्ध ५६ रन र हङकङविरुद्ध अविजित ६० रन बटुलेका थिए । यू–१९ एसिया कपमा श्रीलंकाविरुद्ध ९० रन बनाएका थिए । उनी अहिले नेपाली युवा टोलीको नेतृत्व गर्दै मलेसिया पुगेछन् । जहाँ नेपालले एसिया कप छनोटमा प्रतिस्पर्धा गर्नेछ ।
जुडोकी मनिता लगातार दोस्रो वर्ष उत्कृष्ट युवा खेलाडीको मनोनयमा पर्न सफल भएकी छिन् । अघिल्लो वर्ष १२ औं दक्षिण एसियाली खेलकुदमा रजतपदक जितेकी उनी नेपाली जुडोकी प्रभावशाली खेलाडी हुन् । गत बर्ष भारतको कोचीमा भएको १० औं क्याडेट एसियन जुडो च्याम्पियनसिपमा कांस्यपदक जितेकी उनले त्यो च्याम्प्यिनसिपमा ३ खेल जितेकी थिइन् ।
मनिताले गत वर्ष सम्पन्न घरेलु प्रतियोगितामा पनि अपराजित रहेकी थिइन् । उनले सातौं राष्ट्रिय खेलकुद, उपत्यकाव्यापी अम्बिका स्मृति जुडो च्याम्पियनसिप र ओलम्पिक डे सिनियर जुडोमा स्वर्ण पदक जितिन् । अम्बिका स्मृति जोडोकी सर्बोत्कृष्ट खेलाडी पनि चुनिएकी उनले उज्वेकिस्तानमा भएको एसियन जुडो च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गरेकी थिइन् ।
अनन्त छोटो समयमा नेपाली राष्ट्रिय फुटबल टोलीका स्टारका रुपमा स्थापित हुने क्रममा छन् । यी सेन्टरब्याकले नेपाललाई एएफसी सोलिडारिटी कप च्याम्पियन बनाउन महत्वपूर्ण योगदान गरेका थिए । मलेसियामा भएको सोलिडारिटी कपको सेमिफाइनलमा नेपालले लाओसलाई २—२ को बराबरीपछि टाइब्रेकरमा पराजित गरेको थियो । उक्त खेलमा अनन्तले हेडमार्फत गोल गरेका थिए । गत वर्ष घुँडाको शल्यक्रिया गरेरपनि खेलमा पुनरागमन गरेका उनले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
सुनसरीकी कमला श्रेष्ठ नेपाली भारोत्तोलनकी उदीयमान खेलाडी हुन् । उनले दुई वर्षयता लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् । त्रिभुवन आर्मी क्लबमा आबद्ध उनले २०७३ सालमा चार राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले जापानमा भएको युथ एन्ड जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिपमा कुल १४० केजी उचाल्दै सिनियरकै कीर्तिमान तोडेकी थिइन् ।
सातौं राष्ट्रिय खेलकुदमा पनि तीन राष्ट्रिय कीर्तिमानसहित उनले स्वर्णपदक हात पारेकी थिइन् । त्यस क्रममा उनले १२ वर्ष पुरानो झन्ट कटवालकोसमेत कीर्तिमान तोडेकी थिइन् । उनले स्न्याच ६६ केजी, क्लिन एन्ड जर्क ७९ केजी गरी कुल १ सय ४५ केजी उचालेकी थिइन् । उनी पाँचौं ग्राँ प्रि भारोत्तोलनका पनि स्वर्णपदक विजेता हुन् ।
प्रतिभा टिन एजमै नेपाली भलिबकी मुख्य खेलाडीको रुपमा स्थापित भएकी छन् । उनले गत वर्ष न्यु डायमन्ड एकेडेमीलाई ४ उपाधि दिलाउन मुख्य खेलाडीको रुपमा योगदान गरेकी थिइन् । न्यु डायमन्ड खुला भलिबल ९लामाचौर०, एनभीए क्लब च्याम्पियनसिप छनोट, आईजीपी कप र दिदी–बहिनी कप (कुश्मा) मा च्याम्पियन भएको थियो । उनको टिम सातौं राष्ट्रिय खेलकुदसहित ३ प्रतियोगितामा उपविजेता र १ मा तेस्रो भएको थियो ।
४ प्रतियोगितामा बेस्ट प्लेयर भएकी प्रतिभा ढोरपाटनमा पपुलर प्लेयर, शेरबहादुर खड्का स्मृतिमा स्पेसल अवार्ड र पोखरा महिला भलिबलमा बेस्ट स्पाइकर घोषित् भएकी थिइन् । उनी माल्दिभ्सको मिस्किमागुबाट खेल्दै अल मुदिस वुमेन्स नेसनल च्याम्पियनसिपमा विजेता पनि भएकी थिइन् । उक्त च्याम्पियनसिपमा उनले सर्बोत्कृष्ट बिदेशी खेलाडीको अवार्ड जितेकी थिइन् ।
उनी ४ पल्ट क्वीन अफ द म्याच पनि भएकी थिइन् । मालेमा भएको महिला विश्वकप छनोटको नेपाली राष्ट्रिय टिमबाट खेल्दा उनी सेकेन्ड बेस्ट आउटसाड अट्याकर पनि चुनिएकी थिइन् । अहिले उनलाई नेदरल्यान्ड्स भलिबल संघले तीन साताको प्रशिक्षणका लागि बोलाएको छ ।
February 7, 2025
एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]
February 7, 2025
एजेन्सी – बार्सिलोना कोपा डेल रेको सेमिफाइनल पुगेको छ । भ्यालेन्सियालाई बिहीवार भएको क्वाटरफाइनलमा ५-० ले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । फर्मिन लोपेज र लमिन यमालले समान १ गोल गरे । टोरेसले ३० मिनेट भित्र नै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले पहिलो हाफमा नै ४-० को […]
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार मातातिर्थको ब्राइट होराइजन चिल्ड्रेन्स होम विजयी भयो भने जवलाखेलको डिएभी सुशील केडिया स्कुल र कोहलपुरको नेपाल एपिएफ स्कुलबिचको खेल बराबरीमा टुंगिएको छ । ब्राइट होराइजनले कीर्तिपुरको बाघभैरव सेकेन्डरी स्कुललाई २-० ले हरायो। विजयी टोलीका कैलाश आले मगर र प्रवेश ठकुरीले गोल गरे। […]