8 years ago
September 8, 2017
म्यानचेष्टर (एजेन्सी)- इंग्लिस क्लब म्यानचेष्टर सिटीका कप्तान भिन्सेन्ट कम्पनीले चोटका कारण प्रिमियर लिग अन्तर्गत लिभरपुल विरुद्धको महत्वपूर्ण खेल गुमाउने सक्ने भएका छन् ।
विश्वकप छनोट अन्तर्गत जिब्रल्टार विरुद्धको खेलमा पिडौलामा चोट बोकेका कम्पनीले शनिबार लिभरपुल विरुद्धको महत्वपूर्ण खेल गुमाउनेमा आशंका गरिएको हो । चोट बोकेपनि कम्पनीले जिब्रल्टारविरुद्ध पुरै समय खेलेका थिए । चोटकै कारण कम्पनीले बिहिबार टिम सँगको प्रशिक्षणमा समेत सहभागी भएनन् ।
प्रिमियर लिगको तीन चरणको खेल सकिदा लिभरपुल दुई जित र एक बराबरीसहित दोस्रो स्थानमा छ । म्यानचेष्टर सिटी समान तीन खेलबाटै सात अंकसहित गोलअन्तरमा पछि पर्दै चौथो स्थानमा रहेको छ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]