8 years ago
September 7, 2017
दिपेन्द्र पोखरेल
काठमाडौं – नेपाली फुटबलका अधिकांश स्टारहरुले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब वा रुस्लान थ्री स्टार क्लबबाट खेल्ने सपना पालेका हुन्छन् । त्यसमध्ये कतिको पुरा हुन्छ भने कसैको पुरा नहुन पनि सक्छ । यस्तैमा राष्ट्रिय टोलीमा नियमित मिडफिल्डर अञ्जन विष्टले आज मनाङबाट ‘डेब्यू’ गर्ने अवसर पाएका छन् ।
चितवनमा जारी प्रथम इप्लानेट जेसिज कप फुटबल प्रतियोगितामा उनले रमपम झापाविरुद्ध मनाङबाट खेलेका थिए । यद्दपी उनको मनाङसँगको यात्रा अहिले जारी प्रतियोगितासम्म मात्र रहेको छ । यसअघि उनी एपिएफसँग करारमा रहेका थिए । एपिएफ पनि जेसिज कपमा अन्तिम चारमा पुगिसकेको छ । अन्जनका दाजु रञ्जन अहिले पनि एपिएफमै छन् ।
‘अहिलेलाई यो प्रतियोगिता खेल्ने सहमति भएर आएको हु । एपिएफ छाड्ने अथवा मनाङमा स्थायी रुपमा आवद्ध त्यस्तो केही निश्चित भएको छैन, अन्जनले हाम्रो खेलकुद डटकमसँग भने,‘पहिलो पटक मनाङबाट खेल्न पाउँदा खुसी लागेको छ । राष्ट्रिय टोलीबाट खेल्ने खेलाडी नै धेरै भएकोले खेल्न पनि सहज भयो ।’
अन्जनसँगै राष्ट्रिय टोलीका अर्का सदस्य अनन्त तामाङ पनि खेलेका थिए । राष्ट्रिय टोलीकै अन्य खेलाडी विराज महर्जन, कमल श्रेष्ठ, हेमन्त थापा मगर, विमल बस्नेत, विशाल राई, सुजल श्रेष्ठ मनाङका नियमित खेलाडी हुन् ।
अन्जनले चितवनको गर्मीमा खेल्न भने केही कठिन भएको सुनाए । ‘पहिलो खेल भएर पनि होला गर्मीले खेल्न अलि गाह्रो भयो,’ गत पुसमा सातौं राष्ट्रिय खेलकुदमा एपिएफलाई स्वर्ण पदक दिलाउन फाइनलमा २ गोल गरेका अन्जनले भने,‘ सेमिफाइनलमा राम्रो हुन्छ भन्ने विश्वास छ ।’
बिहीबारनै चितवन पुगेका अन्जनले दुई दिनअघि एएफसी एसियन कपमा ताजकिस्तानविरुद्धको एक मात्र गोलमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । पहिलो हाफमा २–० ले पछि परेको खेलमा दोस्रो हाफमा नेपालका लागि विमल घर्तीमगरले गोल फर्काएका थिए । अन्जनले निकालेको स्तरीय ‘थ्रु’ पासमा विमल गोल गर्न सफल भएका थिए । यद्दपी त्यो खेल नेपालले २–१ ले गुमाएको थियो ।
नारायणगढको क्याम्पाचौरमा जारी प्रतियोगितामा झापासँगको निर्धारित ८० मिनेटको खेलमा १–१ को बराबरी भएपछि मनाङले झापालाई टाई ब्रेकरमा ५–३ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । जसमा अन्जनले पनि गोल गरेका थिए । मनाङ अब शनिबार अन्जनको गृहनगर हेटौडाको विजय युथ क्लबको सामना गर्नेछ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]