default_image

8 years ago

September 7, 2017

मनाङ जेसिज कपको सेमिफाइनलमा, झापा पराजित

69 views

0 Bookmark

भरतपुर (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी चितवनमा जारी प्रथम इप्लानेट जेसिज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । रमपम झापा ११ लाई टाइब्रेकरमा ५–३ हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो ।

MMC

तस्विर : मनोज थापा

निधारित ८० मिनेटको खेलमा १–१ को बराबरीपछि सोझै भएको पेनाल्टी सुटआउटमा विजयी हुँदै मनाङ अघिल्लो चरण पुगेको हो । मनाङले फाइनल प्रवेशका लागि शनिबार हेटौडाको विजय युथ क्लबको सामना गर्नेछ । अर्को सेमिफाइनल एपिएफ र सुदूरपश्चिमबीच हुनेछ ।

टाइब्रकेरमा मनाङका लागि सुजल श्रेष्ठ, अन्जन विष्ट, कमल श्रेष्ठ, विमल बस्नेत र डोना थापाले गोल गरे । झापाका लागि कर्ण लिम्बु, बुद्ध चेम्जोङ र रवि थापाले गोल गरे । चौथो नम्बरका दिलान लोक्तानले पेनाल्टीमा गोल गर्न नसकेपछि अर्को पेनाल्टी नहान्दै नतिजा निस्केको थियो ।

त्यसअघि सुजलको गोलबाट मनाङले अग्रता लिएपनि जोगाउन सकेन । सुजलले २८ औं मिनेटमा गोल गरेका थिए । झापाले ६० औं मिनेटमा पेनाल्टीमा गोल फर्काएको थियो । अनन्त तामाङको ह्यान्डमा प्राप्त पेनाल्टीमा कर्णले बराबरी गोल गरेका हुन् । प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख ५० हजार तथा दोस्रो हुने टोलीले १ लाख ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

जेसिज कपमा शुक्रबार पहिलो सेमिफाइनल
एपिएफविरुद्ध सुदूरपश्चिम

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.