8 years ago
September 7, 2017
दिपक बोहोरा
चितवनमा जारी प्रथम इ प्लानेट जेसिज कप फुटबल प्रतियोगितामा आज लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब र रमपम झापा ११ आमने सामने हुँदैछन् । अघिल्लो वर्ष झापा गोल्डकपमा आफ्नै घरेलु मैदानमा मनाङसँग पराजित हुँदै उपाधि गुमाएको झापा त्यो हारको बदला लिने धुनमा रहने छ ।
घरेलु फुटबलमा सफल क्लब मनाङ भने झापालाई हराउँदै यो सिजनको पहिलो उपाधि कब्जा गर्ने धुनमा रहने छ । आठ जना राष्ट्रिय टोली सदस्य र ३ जना यू २३ टोली रहेका खेलाडीलेसहित चितवन पुगेको मनाङलाई हराउन झापालाई निकै कठिन हुनेछ । तर कर्ण लिम्बु, योगेश गुरुङ र बुद्ध चेम्जोङ जस्ता खेलाडी रहेको जुझारु झापालाई हराउन मनाङलाई पनि सहज भने हुने छैन ।
अघिल्लो सिजनका खेललाई हेर्ने हो भने इतिहास मनाङको पक्षमा छ । दुहबी गोल्ड कपको सेमिफाइनलमा मनाङले झापालाई २—० ले हराएको थियो । त्यस्तै मनाङले झापा गोल्ड कपको फाइनलमा आयोजक झापालाई उसकै घरेलु मैदानमा १—० ले हराउँदै उपाधि जितेको थियो ।
‘इतिहास निर्माण गर्ने विषय हो । झापा आफैँमा दरो टिम हो त्यसैले हामी सचेत भएर खेल्ने छौँ ,’ मनाङका प्रशिक्षक हेमन्त आले भन्छन्, ‘इतिहास मनाङकै पक्षमा भए पनि इतिहास उल्टन पनि सक्छ ।’ मनाङ आज पहिलो पल्ट सुरुवाती ११ मा विदेशी खेलाडीबिना मैदानमा उत्रने पनि आलेले बताए ।
इतिहास जे भए पनि इतिहासलाई बिर्सेर नयाँ इतिहास रच्ने उद्देश्यसहित मैदानमा उत्रने झापाका प्रशिक्षक भीम केसीले बताए । ‘मनाङ बलियो टोलीे, मनाङसँगको खेल सहज नभए पनि नतिजा आफूहरुतिर पार्ने प्रयास गर्नेछौँ,’ केसीले थपे,’हामी खेलको अन्तिम समयसम्म जितको लागि मैदानमा सङ्घर्ष गर्ने छौँ ।’
मनाङले गत बर्ष पोखराको आहा रारा गोल्ड कप, सुदुर पश्चिमको खप्तड गोल्डकप, झापाको झापा गोल्डकप र सर्लाहीको राजजनकश्री गोल्डकप सहित चारवटा उपाधि जितेको थियो । यता झापाले इलामको माइभ्याली गोल्डकप र विराटनगरको विराट गोल्डकप गरी दुईवटा उपाधि जितेको थियो ।
प्रथम ई(प्लानेट जेसिस कप फुटबल प्रतियोगितामा झापा ११ले अर्को ‘ए’डिभिजन क्लब हिमालय शेर्पालाइ हराएर आएको हो भने मनाङले सिधै बाइ पाएर क्वाटर फाइनल प्रवेश गरेको हो ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]