8 years ago
September 5, 2017
मनिला (एजेन्सी)– नेपालले ताजिस्तानलाई २–१ नतिजा सुम्पेको दिन एएफसी एसियन कपको छनोट चरणअन्तर्गत एकै समूहको अर्को समूहको अर्को खेलमा फिलिपिन्सले यमनसँग २–२ को बराबरी खेलेको छ । फिलिपिन्सविरुद्ध उसकै घरेलु मैदानमा दुई पटकको अग्रता गुमाएपछि यमनले बराबरीमा चित्त बुझाउनु परेको थियो ।
भ्रमणकारी यमनले मुदिर अल रदाईको गोलमा २७ औं मिनेटमा अग्रता लिएको थियो । फिल यन्गहस्बेन्डले ३० औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई बराबरी दिलाए । अब्दुल्वासी अल मातारीले ५५ औं मिनेटमा गोल गरेपछि यमनले दोस्रो पटक अग्रता लिएको थियो ।
तर, त्यो अग्रता पनि लामो समय टिक्न सकेन । जेम्स यन्गहस्बेन्डले ७१ औं मिनेटमा गोल गर्दै घरेलु टोली खेलमा फर्काए ।फिलिपिन्सले यसअघि घरेलु मैदानमा नेपाललाई ४–१ ले हराएको थियो । नेपालले घरेलु मैदानमा यमनलाई गोलरहित बराबरी खेलेको थियो ।
समूह ‘एफ’ मा अन्तर्गत घरेलु मैदानमा आज ताजिकिस्तानसँग पराजय भोगेपछि नेपाल अंक तालिकाको पुछारमा पुगेको छ । फिलिपिन्स २ जित र १ बराबरी पछि ७ अंकको साथमा शीर्षस्थानमा छ भने दोस्रो स्थानको यमनको ५ र ताजकिस्तानको ३ अंक छ । नेपालको १ अंक मात्र छ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]