8 years ago
September 5, 2017
ललितपुर (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटमा पहिलो जित निकालेको खुसी हुँदै ताजकिस्तानका प्रशिक्षक खाकिम फुजायोलोभले नेपाली टोली कमजोर नरहेको बताएका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा नेपाललाई २–१ ले हराएपछि फुजायोलोभले भने, ‘नेपालसँगको आजको खेल हाम्रो लागि एसियन कप छनोटमा रहिरहन निकै महत्वपूर्ण थियो । अर्को चरण पुग्ने सम्भावना जीवित राख्न नेपाललाई जित्नै पर्ने दबाब थियो । ३ अंक लिन सफल भयौं । हाम्रो लक्ष्य एसियन कपमा छनोट हुने हो ।’
प्रशिक्षक फुजायोलोभले समूहमा फिलिपिन्सको स्तर भने समूहमा अन्य टोलीभन्दा माथि रहेको पनि बताए । उनले भने,‘नेपाल पनि सबै टिमलाई चुनौती दिन सक्ने टोली हो । अब घरेलु मैदानमा हुने खेलमा नेपाललाई पुनः हराउने हाम्रो योजना हुनेछ ।’
यता नेपाली टोलीका प्रशिक्षक ग्यातोकु कोजुले ताजिकिस्तानसँगको खेलमा सोचने अनुरुपको प्रदर्शन हुन नसकेको बताए । ‘ताजिकिस्तानको खेल हेरेर रणनीति बनाएका थियौं । तर, मेरा खेलाडीले सोचेजस्तो खेल्न सकेनन्,’ प्रशिक्षक कोजीले भने, ‘दोस्रो हाफमा खेलाडी परिवर्तन गर्दा केही सुधार भएपनि सन्तोषजनक खेल भएन । अर्को खेलमा यसलाई सुधार गर्नेछौं ।’
पहिलो पटक राष्ट्रिय टोलीमा समेटिएका प्रिन्स जर्ज कार्कीले सोही खेलमार्फत ‘डेब्यू’ गरेका थिए । प्रशिक्षक कोजीले गोल गर्ने विषयलाई प्राथमिकतामा राखेर प्रिन्सलाई मौका दिएको बताए । ‘प्रिन्स राष्ट्रिय टोलीका लागि नयाँ खेलाडी हुन् । उनी मिहेनती छन्,’ कोजीले थपे, ‘आउने खेलका लागि सहज होस् भनेर उनलाई घरले मैदानमा पहिलो पटक खेलाएका हौं ।’
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]