default_image

8 years ago

September 5, 2017

नेपाल ताजकिस्तानसँग पराजित : विमलको गोल अपर्याप्त

70 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– नेपाल आज घरेलु मैदानमा पराजित भएपछि एएफसी एसियन कप छनोटमा समूह ‘एफ’ को पुछारमा पुगेको छ । नेपाललाई २–१ ले हराउँदै पहिलो अंक जोडेको ताजकिस्तान पुछारबाट तेस्रो स्थानमा उक्लन सफल भएको छ । दोस्रो हाफमा नेपाल गोल फर्काउन सफल भएपनि अर्को गोल थप्न नसक्दा छनोटमा दोस्रो हार बेर्होन बाध्य भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टर्फ’ मा भएको खेलको पहिलो हाफमै २–० ले पछि परेको नेपालका लागि युवा स्ट्राइकर विमल घर्तीमगरले गोल गरेका थिए । ३९ औं मिनेटमा नवयुग श्रेष्ठको ठाँउमा मैदान प्रवेश गरेका विमलले ६१ औं मिनेटमा गोल गर्दै नेपालको आशा जगाएका थिए । अञ्जन विष्टले निकालेको पासलाई नियन्त्रणमा लिदै विमलले ताजकिस्तान गालकिपर माकामोभा अघि बढेको अवस्थामा चिप गर्दै गोल गरेका थिए ।

त्यसअघि नेपालले आधा घन्टा भित्र २ गोल खाँदा दबाबमा परेको थियो । ताजिकिस्तानका लागि २६ औं मिनेटमा जालीलोभले गोल गरेका थिए । जालिलोभले उमरवोइ प्रविनोभको कर्नर बलमा दोस्रो प्रयासमा गोल गरेका थिए । पहिलो प्रयास नेपाली गोलकिपर किरण चेम्जोङले रोकेपनि दोस्रो पटक जालिलोभले हुलमुलमा बललाई पोष्टको दिशा दिएको थिए । त्यसको चार मिनेट पछि नै ३० औं मिनेटमा भासिव दिलसुडदले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे । उनको प्रहार किरणले रोक्ने मौका समेत पाएनन् ।

ताजिकिस्तानको खेलमार्फत ‘डेब्यू’ गरेका जर्ज प्रिन्स प्रिन्स जर्ज कार्कीका दुई वटा प्रहार फिलता रहे । त्यसअघि ५३ औं मिनेटमा करिव ३० यार्ड टाढाको प्रहार थोरै बाहिरिदा नेपालले गोल अन्तर कम गर्ने मौका खेर फालेको थियो । ताजिकिस्तानले भने दोस्रो हाफमा नेपाली गोलपोष्टमा धेरै प्रहार गरेन । ६९ औं अस्रोभको प्रहार थोरै नजिकबाट बाहिरिएको थियो ।

पहिलो हाफको नवौं मिनेटमा एलिभको प्रहारलाई किरणले पञ्च गरेर नै जोगाए । नेपालले खेलको दोस्रो मिनेटमा गोलको आक्रमण बुनेपनि सफल भएन । करिव २५ यार्डबाट नवयुग श्रेष्ठको प्रहार फितलो रह्यो । चौथो मिनेटमा भरत खवासको पासलाई नवयुगले भेट्टाउन सकेनन् ।समूह ‘एफ’ मा दुई जित सहित फिलिपिन्स अंक तालिकाको शीर्षस्थानमा छ भने यमन दोस्रो स्थानमा छ ।

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]

Success

Thank you for your time.