8 years ago
September 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – खेलको आधा घन्टामै २ गोल खाएपछि नेपाल एएफसी एसियन कप छनोट अन्र्तगत ताजिकिस्तानसँगको पहिलो हाफमा २–० ले पछि परेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भैरहेको खेलमा नेपाल पछि परेको हो ।
ताजिकिस्तानका लागि २६ औं मिनेटमा जालीलोभले गोल गर्दै अग्रता दिलाए । जालिलोभले उमरवोइ प्रविनोभको कर्नर बलमा दोस्रो प्रयासमा गोल गरेका थिए । पहिलो प्रयास नेपाली गोलरक्षक किरण चेम्जोङले रोकेपनि दोस्रो पटक जालिलोभले हुलमुलमा बललाई पोष्टको दिशा दिएको थिए ।
पहिलो गोलको चार मिनेट पछि नै ३० औं मिनेटमा भासिव दिलसुडदले पाहुना टोलीको अग्रता दोब्बर पारे । उनको प्रहार गोलरक्षक किरणले रोक्ने कुनै पनि मौका पाएनन् । यसअघि किरणले सातौं मिनेटमा ताजिकिस्तानको प्रहार पञ्च गरेर बचाएको थियो । नवौं मिनेट एलिभको प्रहारलाई पञ्च गरेर नै बचाएका थिए ।
यस्तै नेपालले खेलको दोस्रो मिनेटमा गोलको आक्रमण बुनेपनि गोल गर्न सकेन । करिव २५ यार्डबाट नवयुग श्रेष्ठको प्रहार निकै फितलो बन्यो । चौथो मिनेटमा पनि नवयुगले भरत खवासको पासलाई भेट्न सकेन । दोस्रो हाफ केही बेरमा शुरु हुदैछ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]