default_image

8 years ago

September 4, 2017

नेपाल विरुद्ध ताजिकिस्तान – १ दिन बाँकी

75 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले भोली ताजिकिस्तानको सामना गर्नेछ ।  समूहका अन्य दुई टोलीको सामना गरिसकेको नेपालले तेस्रो खेलमा ताजिकिस्तानको सामना गर्दैछ । खेल हुन अब मात्र १ दिन बाँकी छ । यी दुई टोलीबीच मंगलबार प्रतिस्पर्धा हुदैछ ।

Ananta and Anjan

एएफसी एसियन कप छनोटको खेल हलचोकमा नभई सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टफ’ मा हुने भएको छ । छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो खेल हो । छनोट चरणभरमा नेपालले ३ होम र ३ अवे खेल खेल्नु पर्नेछ । जस्मद्धे १ अवे र १ होम खेल नेपालले खेलिसकेको छ ।

खेल कसरी लाइभ हेर्ने ? टिकटको जानकारी लगायत सम्पूर्ण जानकारी यहाँ हेर्न सक्नुहुनेछ । 

ताजकिस्तानविरुद्धको लागि अन्तिम नामावली

गोलकिपर – विकेश कुथु, विशाल श्रेष्ठ, किरण चेम्जोङ

रक्षक – विराज महर्जन, जितेन्द्र कार्की, कमल श्रेष्ठ, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, आदित्य चौधरी

मिडफिल्डर – हेमन गुरुङ , हेमन्त थापा मगर, विक्रम लामा, विशाल राई, सुजल श्रेष्ठ, सुनिल बल, रोहित चन्द, अञ्जन विष्ट, सुमन लामा

फरवार्ड – नवयुग श्रेष्ठ, भरत खवास, विमल घर्ती मगर, जर्ज प्रिन्स कार्की

प्रशिक्षक टोली – ग्यातुको कोजी (प्रमुख प्रशिक्षक), राजु शाक्य (प्रशिक्षक), उज्वल मानन्धर (गोलकिपर प्रशिक्षक)

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]

Success

Thank you for your time.