7 years ago
September 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्ड २०७३ को आज मनोनयन सार्वजनिक हुँदा सबैभन्दा बढी फुटबलबाट मनोनयनमा पर्न सफल भएका छन् । मनोयनमा ८ खेलका २० जना समेटिदा फुटबलका मात्र ५ जना परेका छन् । चारै विधामा फुटबल खेलाडी, प्रशिक्षक पर्न सफल भएका छन् ।
राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ बर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा पर्दा ग्यातुको कोजी र मेघराज केसी प्रशिक्षकमा, सावित्रा भण्डारी महिला र अनन्त तामाङ बर्षको उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका छन् ।
त्यस्तै एथलेटिक्सबाट ४, ब्याडमिन्टन र क्रिकेटबाट समान ३ , भलिबलबाट २, जुडो, भारोत्तोलन र आर्चरीबाट समान १ जना मनोनयनमा परेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले मनोनयनमा पर्नेको नाम आज सार्वजनिक गरेका हो ।
एथलिटक्सकी कान्छिमाया काजु र सरस्वती भट्टराई उत्कृष्ट महिला खेलाडी तथा सोमबहादुर कुमार बर्षको उत्कृष्ट खेलाडी पुरुष तथा पुष्पराज ओझा उत्कृष्ट प्रशिक्षकको मनोनयनमा पर्न सफल भएका छन् । त्यस्तै ब्याडमिन्टमा दिदीभाई नङसल र रत्नजित तामाङ उत्कृष्ट क्रमश : महिला र पुरुषको मनोनयमा छन् । उनीहरुका प्रशिक्षक किरण थापा प्रशिक्षकको मनोनयनमा परेका छन् ।
त्यस्तै क्रिकेटका शरद भेषावकर उत्कृष्ट पुरुष, दीपेन्द्र सिंह ऐरी उत्कृष्ट युवा र जगत टमाटा उत्कृष्ट प्रशिक्षकको मनोनयनमा छन् । त्यस्तै भलिबलकी प्रतिभा माली उत्कृष्ट युवा र मानबहादुर श्रेष्ठ उत्कृष्ट पुरुषको मनोयनमा अटेका छन् ।
जुडोकी मनिता श्रेष्ठ प्रधान र भारोत्तोलनकी कमला श्रेष्ठ उत्कृष्ट युवा तथा आर्चरीकी ज्ञाने अवाले उत्कृष्ट महिनाको मनोनयनमा परेका छन् । अवार्डको विजेताको घोषणा भदौ २६ गते हुने मञ्चले जानकारी दिएको छ ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७३
बर्षको उत्कृष्ट खेलाडी, महिला
कान्छीमाया कोजु, एथलेटिक्स
–हाफ म्याराथन र म्यारथनमा राष्ट्रिय कीर्तिमान
–धनगढी, नेपालगञ्ज, दार्जिलिङ, कान्तिपुर र पिंकाथन हाफ म्याराथनमा पहिलो । शतप्रतिशत सफलता
–काठमाडौंमा म्याराथन २:५५:५७ को कीर्तिमान समयसहित जितेकी
–सातौं राष्ट्रिय खेलकुदमा ५ हजार, १० हजार मिटरमा स्वर्ण र ४ गुण ४ सय मिटर रिलेमा रजत
–११ औं मा न्यू ताइपे सिटी म्याराथन ११ औं र आफ्नो उमेर समूहमा पहिलो
ज्ञानु अवाले, आर्चरी
–कृष्णमाया स्याङ्तन, आइसा तामाङसगै इन्टरनेसनल सोलिडारिटी आर्चरी च्याम्पियनसिप २०१७ (फेब्रुअरी ढाका) मा रिकर्भ ७० मिटर टिम स्पर्धामा रजत पदक जितेकी
–ओलम्पिक स्पर्धामा नेपाली महिलाको पहिलो पदक । ज्ञानुले सर्बाधिक ५६४ अंक जोडेकी
–सातौं राष्ट्रिय खेलकुदमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण । रिकर्भ ७० मिटरमा ३ सय अंक पार गर्ने पहिलो महिला खेलाडी । ३०३ अंक बनाएकी
–आर्मीकी उनले मिक्स टिम इभेन्टमा पनि रजत जितिन्
–तेस्रो लक्ष्मण श्रेष्ठ स्मृति राष्ट्रिय इन्डोर प्रतियोृगितामा कांस्य
नङ्सल तामाङ, ब्याडमिन्टन
–भाइ रत्नसँगै पाकिस्तान इन्टरनेसनल सिरिजमा मिक्स डबल्सतर्फ च्याम्पियन । अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालको पहिलो स्वर्ण । वुमेन्स सिंगल्समा तेस्रो
–बंगलादेश इन्टरनेसनल च्यालेन्जमा क्वाटरफाइनल पुगेकी
–सातौं राष्ट्रिय खेलकुद वुमेन्स सिंगल्स, डबल्स, मिक्स डबल्स र टिम स्पर्धामा स्वर्ण तथा वुमेन्स डबल्समा कांस्य
–पुष्पलाल स्मृति, कृष्णमोहन स्मृति र खुला राष्ट्रिय ब्याडमिन्टनमा च्याम्पियन । घरेलु प्रतियोगितामा सिंगल्स र टिममा गरी ७ उपाधि, २ मा उपविजेता र १ मा तेस्रो
–नेपाली महिला ब्याडमिन्टनकी नम्बर १ खेलाडी
सावित्रा भण्डारी, फुटबल
–अन्तर्राष्ट्रिय खेलमा १३ गोल । राष्ट्रिय प्रतियोगितामा २९ गोल
–सिलीगुढीमा भएको चौथो साफ वुमेन्स च्याम्पियनसिपमा सर्बाधिक १२ गोल । मलेसियास“ग मैत्रीपूर्ण खेलमा १ गोल
–भुटानस“ग ६ गोल गर्दै डबल ह्याट्रिक गर्ने पहिलो नेपाली फुटबलर बनेकी
–प्रधानसेनापति कपमा सर्बाधिक १३ गोल । सर्बोत्कृष्ट खेलाडी । उनको टिम एपीएफ च्याम्पियन
–राष्ट्रिय महिला लिगमा सर्बाधिक १६ गोल
सरस्वती भट्टराई, एथलेटिक्स
–आर्मी यी धाविकाले रियो ओलम्पिकमा १५ सय मिटरमा २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडिन्
–४ मिनेट ३३.९४ सेकेन्डमा दौड पूरा गरेकी
–सातौं राष्ट्रिय खेलकुदमा ३ स्वर्ण । १५ सय, ८ सय मिटर र चार गुणा ४ सय मिटर रिलेमा सफलता
पल्सर बर्षका उत्कृष्ट खेलाडी,पुरुष
किरणकुमार लिम्बु, फुटबल
–एएफसी सोलिडारिटी कप च्याम्पियन
–सेमिफाइनलमा लाओससँग टाइब्रेकरमा ३ पेनाल्टी रोकेका
–एएफसी एसियन कप छनोटमा फिलिपिन्सस“ग पनि १ पेनाल्टी बचाउ
–माल्दिभ्सको प्रिमियर लिग क्लब टीसी स्पोर्ट्मा अनुबन्धित
–बंगलादेशमा भएको शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा टीसी स्पोर्ट्सलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान, सेमिफाइनलमा मनाङमस्र्याङदीसँगको खेलमा म्यान अफ द म्याच
रत्न जित तामाङ, ब्याडमिन्टन
–दिदी नङ्सलसँगै पाकिस्तान इन्टरनेसनल सिरिजमा मिक्स डबल्सतर्फ च्याम्पियन । अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालको पहिलो स्वर्ण
–यूएस ओपन २०१६ मा प्रि–क्वाटर पुगेका
–नेपाल इन्टरनेसनल सिरिज र बंगलादेश इन्टरनेसनल च्यालेन्जमा क्वाटरफाइनल पुगेका
–सातौं राष्ट्रिय खेलकुदमा मेन्स सिंगल्स, डबल्स, मिक्स डबल्स र टिममा गरी ४ स्वर्ण । क्लिन–स्वीप
–पुष्पलाल स्मृति, कृष्णमोहन स्मृति र राष्ट्रिय खुला ब्याडमिन्टनमा च्याम्पियन
–घरेलु प्रतियोगितामा सिंगल्स र टिममा गरी १० उपाधि र १ मा उपविजेता
–नेपाली पुरुष ब्याडमिन्टनका नम्बर १ खेलाडी
शरद भेषावकर, क्रिकेट
–नौ खेलमा २६४ रन जोड्दै ४ विकेट लिएका
–नटआउट ३ अर्धशतक
–विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध पहिलो खेलमा ५० र दोस्रोमा ७४ रन
–केन्यासँग नटआउट २४ रन बनाई ४ विकेट लिएर नेपाललाई जिताउन महत्वपूर्ण योगदान
–इमर्जिङ टिम्स कपमा हङकङविरुद्ध नटआउट ५५ रन, पाकिस्तानसँग ३८ रन
सोमबहादुर कुमाल, एथलेटिक्स
–ब्रुनाई ओपन एथलेटिक्स च्याम्पियनसिपमा १ स्वर्ण, १ रजत विजेता
–४ सय मिटरमा स्वर्ण र ८ सय मिटरमा रजतपदक
–सातौं राष्ट्रिय खेलकुदमा ३ स्वर्ण (४ सय मिटर, ८ सय मिटर र ४ गुणा ४ सय मिटर)
–नेपाली एथलेटिक्सका नयाँ स्टार
मानबहादुर श्रेष्ठ, भलिबल
–मालेमा भएको तेस्रो एसियन सेन्ट्रल जोन मेन्स भलिबल च्याम्पियनसिपमा नेपालले ऐतिहासिक कांस्यपदक जित्दा प्रतियोगिताकै बेस्ट आउटसाइड अट्याकरको अवार्ड जितेका
–बंगबन्धु एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप ढाकामा २ पल्ट म्यान अफ द म्याच
–सातौं राष्ट्रिय खेलकुदमा स्वर्णपदक
–प्रधानसेनापति कप, सृजना आमन्त्रण (पोखरा) र सूर्योदय कप (गोरखा) मा च्याम्पियन । चार प्रतियोगितामा उपविजेता
–प्रधानसेनापति र सूर्योदय कपका सर्बोत्कृष्ट खेलाडी । तीन प्रतियोगितामा उत्कृष्ट सर्भर
बर्षका उत्कृष्ट खेलाडी, युवा
दीपेन्द्रसिंह ऐरी, क्रिकेट
–२०७३ सालमा नेपाली टिमका लागि सर्बाधिक ३५७ रन बनाएका । ४ अर्धशतक । ४ विकेट
–राष्ट्रिय टिमबाट ५ खेलमा २ सय ११ रन र ३ अर्धशतक
–विश्व क्रिेकट लिग च्याम्पियनसिपमा केन्यास“ग ६२ रन, इमर्जिङ टिम्स कपमा बंगलादेशविरुद्ध ५६ रन र हङकङविरुद्ध नटआउट ६० रन तथा यू–१९ एसिया कपमा श्रीलंकास“ग ९० रन
अनन्त तामाङ, फुटबल
–एएफसी सोलिडारिटी कप च्याम्पियन
–सेमिफाइनलमा लाओससँग हेडर गोल र उत्कृष्ट बचाउ
–राष्ट्रिय टिमबाट उत्कृष्ट प्रदर्शन
मनिता श्रेष्ठ प्रधान, जुडो
–कोचीमा भएको १० औं क्याडेट एसियन जुडो च्याम्पियनसिपमा कांस्यपदक । ३ खेल जितेर कांस्यसम्म पुगेकी
–सातौं राष्ट्रिय खेलकुद, उपत्यकाव्यापी अम्बिका मेमोरियल च्याम्पियनसिप र ओलम्पिक डे सिनियर जुडोमा स्वर्ण
–अम्बिका मेमोरियलकी सर्बोत्कृष्ट खेलाडी
–एसियन जुडो च्याम्पियनसिप, उज्वेकिस्तानमा सहभागी
कमला श्रेष्ठ, भारोत्तोलन
–आर्मीकी उनले २०७३ सालमा चार राष्ट्रिय कीर्तिमान बनाइन्
–जापानमा भएको युथ एन्ड जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिपमा कुल १४० केजी उचाल्दै सिनियरकै कीर्तिमान तोडेकी
–सातौं राष्ट्रिय खेलकुदमा तीन राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक
–१२ वर्ष पुरानो झन्ट कटवालको समेत २ रेकर्ड भंग गरेकी
–स्न्याच ६६ केजी, क्लिन एन्ड जर्क ७९ केजी गरी कुल १ सय ४५ केजी उचालेकी
–पाँचौं ग्राँ प्रि भारोत्तोलनमा स्वर्णपदक
प्रतिभा माली, भलिबल
–न्यु डायमन्ड एकेडेमीबाट ४ उपाधि जितेकी । खुला भलिबल (लामाचौर), एन्भीए क्लब च्याम्पियनसिप छनोट, आईजीपी कप र दिदी–बहिनी कप (कुश्मा) । सातौं राष्ट्रिय खेलकुदसहित ३ प्रतियोगितामा उपविजेता र १ मा तेस्रो
–४ प्रतियोगितामा बेस्ट प्लेयर, ढोरपाटनमा पपुलर प्लेयर, शेरबहादुर खड्का स्मृतिमा स्पेसल अवार्ड र पोखरा महिला भलिबलमा बेस्ट स्पाइकर
–माल्दिभ्सको मिस्किमागुबाट खेल्दै अल मुदिस वुमेन्स नेसनल च्याम्पियनसिपमा विजेता
–माल्दिभ्समा सर्बोत्कृष्ट बिदेशी खेलाडी । ४ पल्ट क्वीन अफ द म्याच
–मालेमा भएको महिला विश्वकप छनोटको प्रारम्भिक चरणमा सेकेन्ड बेस्ट आउटसाड अट्याकर । नेपालले माल्दिभ्सलाई पराजित गर्दा उत्कृष्ट प्रदर्शन गरेकी
बर्षका उत्कृष्ट प्रशिक्षक
ग्योतोकु कोजी, फुटबल
–नेपाली राष्ट्रिय टिमलाई एएफसी सोलिडारिटी कप च्याम्पियन बनाएको, त्यसैले एसियन कप छनोटमा अवसर प्राप्त
–२०७३ सालका ६ खेलमा नेपाललाई ३ जित, २ बराबरी दिलाएको
पुष्पराज ओझा, एथलेटिक्स
–रियो ओलम्पिकमा सरस्वती भट्टराई र हरिकुमार रिमालका प्रशिक्षक
–उनकै चेली सरस्वतीले ओलम्पिकमा २६ वर्ष पुराने रकेर्ड तोडेकी
–सातौं राष्ट्रिय खेलकुदमा आर्मीलाई २२ स्वर्ण, १६ रजत र ८ कांस्यपदक दिलाउन सफल
–नेपाली एथलेटिक्समा त्रिभुवन आर्मी क्लबलाई नम्बर १ बनाएको
मेघराज केसी, फुटबल
–मंगोलियामा भएको एएफसी कपको प्रारम्भिक छनोटमा मंगोलिया र कम्बोडियाली लिग च्याम्पियनलाई पन्छाउँदै थ्रीस्टार क्लबलाई पहिलो स्थान दिलाएको । अन्तिम प्ले–अफमा छनोट तर खेल्नबञ्चित भएको
–गुवहाटीमा भएको ६४ औं बोर्दोलोई ट्रफिलाई थ्रीस्टारलाई च्याम्पियन बनाएको । फाइनलमा इस्ट बेंगाललाई अतिरिक्त समयमा २–१ ले हराएको
जगत टमाटा, क्रिकेट
–राष्ट्रिय टिमका मुख्य प्रशिक्षक
–विश्व क्रिकेट लिग च्याम्पियनसिपमा ६ खेलमध्ये ४ खेल जिताएको
–च्याम्पियनसिपमा नेदरल्यान्ड्सलाई पराजित गर्ने नेपाल एक्लो टिम
–नामिबियाविरुद्ध २ र केन्यासँग १ खेल जितेको
–इमर्जिङ टिम्स कपमा हङकङलाई हराएको
किरण थापा, ब्याडमिन्टन
–पाकिस्तान इन्टरनेसनल सिरिजमा ऐतिहासिक स्वर्णपदक जित्दाका प्रशिक्ष्ँक
–रत्नजित र नङ्सल तामाङले मिक्स डबल्समा ४ खेल जित्दै स्वर्ण हात पारेका थिए
–त्यही सिरिजमा नङ्सलले वुमेन्स सिंगल्समा पनि कांस्य जित्दाका प्रशिक्षक
–नेपाल इन्टरनेसनल सिरिजमा घरेलु टिमका ३ मध्येका एक प्रशिक्षक
November 24, 2024
एजेन्सी – स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ । आइतवार बिहान भएको खेलमा बार्सिलोना सेल्टा डि भिगोसँग २-२ को बराबरीमा रोकिएको हो । घरेलु मैदान बालाइडोस स्टेडियममा भएको खेलमा सेल्टाको लागि ह्युगो अल्भारेज र अल्फोन गोन्जालेजले गोल गरे पाहुना टोलीका लागि भने राफिन्हा र रोबर्ट लेवान्डोस्कीले गोल गरेका थिए । खेलको […]
November 24, 2024
एजेन्सी – टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीमाथि सानदार जित दर्ता गरेको छ । टोटेनहमले सिटीलाई उसकै घरेलु मैदानमा ४–० को लज्जास्पद हार चखाएको हो । इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा टोटेनहमलाई जिताउन जेम्स म्याडिसनले दुई तथा पेड्रो पोरो र ब्रेनन जोन्सनले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा […]
November 23, 2024
एजेन्सी – इङ्लिस प्रिमियर लिगमा शनिवार चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ। निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजको गोल चेल्सी विजयी भएको हो। प्रिमियर लिगमा चेल्सीको यो सिजनमा यो छैटौं जित हो। किङ्स पावर स्टेडियममा चेल्सीले सुरुआतदेखि नै घरेलु टाेली लेस्टरमाथि दबदबा कायम राखेको थियो। १५औं मिनेटमै फर्नान्डेजकै क्रसमा ज्याक्सनको गोलमा चेल्सी अग्रता लियो । ७५औं मिनेटमा […]