default_image

7 years ago

September 1, 2017

ब्राजिलद्धारा इक्वेडर पराजित

68 views

0 Bookmark

पोर्टाे ( एजेन्सी)-  अर्काे वर्ष रसियामा आयोजना हुने विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल विजयी भएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत भएको खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले इक्वेडरलाई २–० ले पराजित गरेको हो । ब्राजिलको जितमा पोउलिन्हो र फिलिपे कोउटिन्होले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

ब्राजिलको घरेलु मैदान पोर्टाे एलेग्रीमा भएको खेलमा इक्वेडरलाई दवावमा राखेपनि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा ब्राजिलको लगातारको प्रहारलाई इक्वेडरले रोक्न सकेन । ७० औं मिनेटमा यसै सिजन चिनिया क्लबबाट स्पेनिस क्लब बार्सिलोना पुगेका पोउलिन्होले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । पोउलिन्होले विलियनको कर्नरबललाई हुलमुलका बीच गोल गरेका थिए ।

७७ औं मिनेटमा फिलिपे कोउटिन्होले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । ५८ औं मिनेटमा रेनाटो अगुस्टोको स्थानमा मैदान छिरेका लिभरपुलका कोउटिन्होले म्यानचेष्टर सिटीका ग्रावियल जेससको पासमा पहिलो बार च्याप्दै गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । त्यसपछि पनि ब्राजिलले गोलका थुप्रै अवसरहरु खेर फालेका थिए ।

इक्वेडरले भने ब्राजिलको पोष्टमा बल लैजानमा हम्मे हम्मे परेको थियो । यसअघि नै विश्वकपको यात्रा तय गरिसकेको ब्राजिल दक्षिण अमेरिकी छनोटमा १५ खेलबाट ३६ अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको कोलम्विया ब्राजिलभन्दा ९ अंकले पछि छ । कोलम्विया, बोलिभिया र चिलीसँग खेल्न बाँकी छ ।

शुक्रबार बिहान नै भएको दक्षिण अमेरिकी छनोटका अन्य खेलमा पाराग्वेले चिलीलाई ३–० ले पराजित गर्यो। अर्काे खेलमा पेरुले बोलिभियालाई २–१ ले पराजित गर्दा कोलम्विया भेनेजुएलासँग तथा अर्जेन्टिना उरुग्वेसँग गोलरहित बराबरीमा रोकियो । उरुग्वेसँगको बराबरीसँगै दक्षिण अमेरिकी छनोटमा पाँचौ स्थानमा रहेको अर्जेन्टिनाको सिधै विश्वकप यात्रा थप कठिन बनेको छ । अब अर्जेन्टिनाले भेनेजुएला, पेरु र इक्वेडरसँग खेल्न बाँकी छ । दक्षिण अमेरिकी राष्ट्रबाट विश्वकपमा चार राष्ट्र सोझै विश्वकपमा छनोट हुने प्रावधान छ भने, एक राष्ट्रले प्ले अफ खेल्नुपर्नेछ ।

September 28, 2024

झरना रनिङशिल्ड फुटबल प्रतियोगिता स्थगित

सुमन अधिकारी,बुटवल रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिता अविरल वर्षाका कारण प्रभावित भएको छ । लगातार भएको बर्षाले प्रतियोगिता भैरहेको कुन्जलापुरस्थित फुटबल मैदानमा पानी जमेकोले २ दिनका खेल सञ्चालन हुन सकेका छैन । ‘लगातारको झरिका कारण मैदान पानीले भरिएको छ खेल खेलाउन सकिएको छैन’ आयोजक क्लबका अध्यक्ष धनेन्द्र पौडेलले भने । शुक्रबार रोकिएको […]

September 28, 2024

नेपाल सेमिफाइनलमा भारतसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले साफ यु-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पराजित भएको छ। भारतसँग ४-२ को हार बेहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। भारतफाइनल पुगेको छ।‌ थिम्पुस्थित चङ्लिमिथाङ रंगशालामा भएको सेमिफाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। दोस्रो हाफमा भारतले पकड बनायो। विशाल यादवले आठ मिनेटभित्र दुई गर्दै भारतलाई सहज स्थितिमा पुर्याए। ६१औं मिनेटमा गोलको खाता खोलेका […]

September 28, 2024

चितवन गोल्डकपको फाइनल स्थगित

सुशील पन्त क्षेत्री,चितवन भरतपुर फुटबल क्लब (बिएफसी) को आयोजनामा जारी गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्ड कपको फाइनल खेल स्थगित भएको छ । अविरल वर्षाका कारण आज हुने भनिएको फाइनल खेल स्थगित भएको हो । क्लबले आज बिहान एक विज्ञप्ति जारी गर्दै शुक्रबारदेखिको अविरल वर्षाका कारण फाइनल स्थगित गरिएको जानकारी दिएको छ । फाइनल खेल भोलि […]

Success

Thank you for your time.