8 years ago
September 1, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र ताजकिस्तानबीच चार दिन पछि हुने एएफसी एसियन कप छनोटको खेल हलचोकमा नभई सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टफ’ मा हुने भएको छ । नेपाल र ताजकिस्तानबीचको खेल भदौ २० गते हुनेछ ।
एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिताअन्तर्गत सिनियरतर्फको कुनै पनि खेल एन्फामा हुन लागेको यो पहिलो पटक हो । यसअघि जेठ अन्तिममा यमनसँगको खेल हल चोकस्थित एपिएफको मैदानमा भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले एन्फाको मैदानमा खेलाउन एएफसीबाट स्वीकृति लिइसकेको जानकारी दिए ।
उनले सेप्टेम्बरको २० देखि २४ सम्म हलचोकमा एएफसी यू १६ को खेल गराउने तयारी भएकाले सिनियर टिमको खेल एन्फामा गराउन लागेको बताए । ‘हामीले एन्फामा अहिले सम्म खेलाएका छैनौं । यो परिक्षण पनि हो’ प्रवक्ता समेत रहेका तुलाधरले भने, ‘हलचोक र एन्फा दुईवटा मैदानमा अनुकुल हेरेर खेलाउने योजना अनुसार यसपटक यता खेलाउन लागेका हौं ।’
केहि दिनअघि एन्फामा साफ यू १५ च्याम्पियनसिप आयोजना भएको थियो भने दुई बर्षअघि सोही मैदानमा साफ यू १९ च्याम्पियनसिप भएको थियो । एसियन कप छनोटअन्तर्गत ताजिस्तानविरुद्धको खेल नेपालको तेस्रो हो ।
यसअघि का दुई खेलमध्ये नेपालले एउटामा हार र अर्कोमा बराबरी गरेको थियो । चैतमा फिलिपिन्समा ४–१ को हार बेहोरेर फर्केको नेपालले घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । ६ अंकसहित फिलिपिन्स शीर्षस्थानमा छ भने ४ अंक सहित यमन दोस्रो, १ अंक जोडेको नेपाल तेस्रो र अंकविहिन ताजकिस्तान पुछारमा छ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]