8 years ago
August 31, 2017
भरतपुर (हाम्रो खेलकुद) – चितवन ११ र सुदूरपश्चिमाञ्चल ११ को प्रतिस्पर्धा सँगै शनिबार नारायणगढमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘जेसीज कप–२०७४’ सुरु हुने भएको छ । आयोजकले आज पत्रकार सम्मेलन आयोजना गदै प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिएको छ ।
५ ए डिभिजन क्लबसहित १० टोलीले भाग लिने प्रतियोगिताका टोलीलाई दुई समूहमा राखिएको छ । जसमा समूह ‘क’ मा चितवन–११, सुदूरपश्चिम–११, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र पोखरा–११ रहेका छन् । त्यस्तै समूह ‘ख’ मा फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा क्लब, झापा–११, विजय युथ क्लब हेटौंडा र मनाङ मस्र्याङ्दी छन् ।
प्रतियोगिताका लागि मैदान निर्माण कार्य सकिएको र अरु व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको आयोजक नारायणगढ जेसीजका अध्यक्ष बाबुराम रामदामले बताए । प्रतियोगिताका लागि क्याम्पाचौर मैदानको मर्मत गरिएको उल्लेख गर्दै प्रतियोगिताका संयोजक अमृत श्रेष्ठले प्रचारप्रसार, टिकट व्यवस्थापन, खेलाडीलाई आवास व्यवस्थापनका गरि १४ वटा उपसमिति गठन गरिएको जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले प्रतियोगिताको उद्घाटन गर्ने नारायण जेसीजका महासचिव अनोज जोशीले जानकारी दिए । १० दिनसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख ५० हजार र दोस्रोले १ लाख ७५ हजार पाउने छन् । पत्रकार सम्मेलनमा सल्लाहकार समिति संयोजक जयराम श्रेष्ठले यो प्रतियोगिता चितवन जिल्लाकै सान भएको भन्दै सफल बनाउन सबै लाग्नुपर्ने बताए ।
प्रतियोगिता अवधिभर दर्शकका लागि क्वार्टरफाइनलसम्म रु. ५० र रु. १०० का तथा त्यसपछिका खेलमा रु. १०० र रु. २०० को टिकट दर तोकिएको जानकारी गराइयो । प्रतियोगिताबाट बचत भएको रकमबाट नारायणगढ जेसीजले यसअघि नै बनाइदिएको १४ वटा घरका परिवारका सदस्यका लागि शैक्षिक तथा आर्थिक विकासमा सहयोग गरिने प्रचारप्रसार समिति संयोजक अर्जुन अधिकारीले जानकारी दिए ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]