default_image

8 years ago

August 31, 2017

‘राष्ट्रिय टोलीमा म किन बोलाइन्न थाहा छैन’ – जगजित

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठ प्रतिभाशाली खेलाडी हुन् भन्नेमा नेपाली समर्थक कमैलाई मात्र शंका होला । यू २३ को कप्तानी समेत गरेका जगजित कुनै बेला राष्ट्रिय टोलीको नियमित पहिलो रोजाईका खेलाडी रहि सकेका छन् ।

तर, एक बर्षयता भने उनी राष्ट्रिय फुटबलबाट अलग छन् । यद्दपी उनी फुटबलबाट टाढा भने छैनन् । गत वर्ष अस्ट्रेलिया पुगेका जगजितले तीन वटा क्लब परिवर्तन गरेर नियमित खेलेपनि । तर, पनि उनी राष्ट्रिय टोलीका प्रशिक्षकको नजरमा पर्न भने सकेका छैनन् । व्यवसायिक फुटबल खेल्न माल्दिभ्स पुगेका गोलकिपर किरण चेम्जोङ र इन्डोनेसिया पुगेका रोहित चन्द भने राष्ट्रिय टोलीका नियमित सदस्य हुन् ।

अस्ट्रेलियाको नुनावाडिङबाट खेल्दै आएका जगजितले समाजिक सञ्चालमार्फत आफु राष्ट्रिय टोलीमा पर्न नसक्नुको ठोस जवाफ आफुसँग नरहेको भन्दै असन्तुष्टी पोखेका छन् । फेसबुकका उनले आज स्टटस लेखेका छन् ,‘ राष्ट्रिय टोलीबाट खेल्न आउनुहुन्न भनेर दैनिक कैयौं म्यासेजहरु आउँछन् ,तर साच्चै मसँग त्यसको ठोस जवाफ छैन । मलाई राष्ट्रिय टोलीका प्रशिक्षक र अखिल नेपाल फुटबल संघ (एन्फा) बाट कुनै खबर आएको छैन ।’

उनको गुनासो त्यतिमात्र छैन । छनोट प्रक्रियामा शंका हुने गरि उनले लखेका छन् ,‘राष्ट्रिय टोलीमा अवसर माग्नका लागि कसैलाई फोन घुमाउने मेरो बानी छैन ।’ जगजितले राष्ट्रिय टोलीमा आवश्यक परेको खण्डमा कुनै पनि हालामा उपलब्ध हुने समेत प्रष्ट गरेका छन् ।

यता एन्फाले जगजितले अस्ट्रेलिया जाने विषयमा जानकारी गराएपनि त्यहाँ पुगेर फुटबल खेल्ने विषयमा केही नभनेको बताएको छ । यद्दपी अहिले उनको विषयमा चर्चा चलेको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले बताएका छन् ।

‘अस्ट्रेलिया जाँदा जानकारी गराएका थिए । तर फुटबल खेल्ने विषयमा केही जानकारी गराएका थिएनन् ,’ उनले भने,‘ अहिले नेपालले भाग लिइरहेको एएफसी एसियन कप छनोटमा उनी प्रारम्भिक ४५–५० जनाको सुचिमा पनि थिएनन् । तर, अहिले उनी अस्ट्रेलियामा फुटबल खेलिरहेका छन् भन्ने हाम्रो जानकारीमा छ । प्रशिक्षकहरुले उनको आवश्यकता महसुस गरेको खण्डमा बोलाउन कुनै समस्या छैन । राष्ट्रिय टोलीमा फर्कन एउटा खेलाडीको सम्भावना जहिले पनि रहन्छ । मात्रै उनको अहिलेको प्रदर्शन कस्तो छ भन्ने मुख्य विषय हो ।’

 

जगजितले फेसबुकमा राखेको स्ट्याटस 

 

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.