8 years ago
August 31, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङले तराईमा बाढी पीडितका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई १ लाख ४० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । अनिलले फाउन्डेसनका सिताराम कट्टेल धुर्मुसलाई रकम हस्तान्तरण गरेका थिए ।
धुर्मुस सुन्तली फाउन्डेसनका सिताराम कट्टेललाई रकम हस्तान्तरण गर्दै राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङ (दायाँ)।
अस्ट्रेलियामा नेपालीहरुको सक्रियतामा स्थापित माछापुच्छ्रे एफसीले संकलन गरेको रकम अनिलमार्फत फाउन्डेसनलाई पठाएको थियो । फाउन्डेसनले माछापुच्छ«े एफसी र अनिललाई पीडितलाई सहयोग गर्न देखाएको सक्रियताका लागि धन्यवाद दिएको छ । अनिलले पुन्य कामका लागि छोडिन पाएकोमा गर्व महसुस भइरहेको हाम्रो खेलकुद डटकमलाई बताए ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]