default_image

7 years ago

August 30, 2017

बेल भित्राउने युनाइटेडको अन्तिम प्रयास

50 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले रियल म्याड्रिडका गेराथ बेल भित्राउने अन्तिम प्रयास थालेको छ । युनाइटेडले बेलका लागि १ सय मिलियन युरोको प्रस्ताव ला लिगा च्याम्पियन सामू राखेको बताइएको छ । सरुवा बजार बन्द हुन एक दिन बाँकी रहँदा युनाइटेडले यस्तो प्रयास गरेको हो ।


भ्यालेन्सियासँग २–२ को बराबरी गरेको रियलको पछिल्लो ला लिगा खेलमा वेल्सका बेलले प्रभाव जमाउन सकेनन् । बरु त्यो खेलमा मार्को एसेन्सियोले आफ्नो प्रभाव देखाएका थिए । कतिपय स्पेनिस सञ्चारमाध्यमले त्यो खेल रियलबाट बेलको अन्तिम खेल भएको अनुमान पनि गरेका छन् ।

टोटेनह्यामका पूर्व स्टार बेल लगातार रियलका फ्यानबाट आलोचित हुँदै आएका छन् । यो सिजन रियलमा बस्दा पनि उनले पर्याप्त अवसर पाउनेमा शंका रहेको छ । युनाइटेडले भने सरुवा बजार खुले देखि नै बेल प्रति चासो देखाइरहेको थियो । युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले पनि बेलका बारेमा बारम्बार चर्चा गदै आइरहेका छन् । युरोपियन च्याम्पियन टोली रियलमा आबद्ध भएयता उनी पटक पटक चोटग्रस्त हुँदै आएका छन् ।

 

September 28, 2024

एन्फा सिस्नेरी एकेडेमीमा पहिरो – अपडेट

दिउँसो २:१४ बजे सिस्नेरी एकेडेमीमा रहेका केहि खेलाडीहरूको परिवरका सदस्यहरू अहिले एन्फा मुख्यालय सातदोबाटो पुगेका छन् । उनीहरूले छिटो उद्दार गरिदिन अुनरोध गरिरहेका छन् । दिउँसो १:५१ बजे एन्फा महासचिव किरण राई – ‘सिस्नेरी एकेडेमीबाट सुरक्षित स्थानमा रहेका बलकहरूलाई काठमाडौं ल्याउनका लागि हामी प्रयासरत छौं । रक्षा मन्त्रालयसँग पनि कुरा भइसकेको छ । उनीहरूलाई काठमाडौं […]

September 28, 2024

पहिरोमा पर्दा एन्फा सिस्नेरी एकेडेमीका बालकहरु बेपत्ता

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को मकवानपुर जिल्ला सिस्नेरीस्थित एकेडेमीका केही बालक पहिरोमा पर्दा बेपत्ता भएका छन् । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार शुक्रबार साँझ पहिरोको डर बढेपछि सुरक्षित स्थानमा सर्ने क्रममा केही बालक बेपत्ता भएको जानकारी दिए । लगातार वर्षाले पहिरोको डर बढेपछि सुरक्षित स्थानमा सर्ने क्रममा सो घटना भएको […]

September 27, 2024

एन्फा महिला लिग – आर्मीसँग कर्णालीको हार

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणको सुखद अन्त्य गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको पहिलो चरणको लिगको आफ्नो अन्तिम खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ५-० को सहज जित हासिल गर्यो । आर्मीको जितमा चन्द्रा भन्डारी, अमिषा कार्की, विमला चौधरी, दिपा राई र दिपा शाहीले गोल गरे […]

Success

Thank you for your time.