9 years ago
November 30, 2015
फिफाले यस वर्षको ब्यालन दो’रका लागि भिड्ने अन्तिम तिन खेलाडीको नाम सार्वजनिक गरेको छ|
गत वर्षजस्तै यस वर्ष पनि बार्सिलोनाका लिओनेल मेस्सी र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो अन्तिम तिनमा पर्न सफल भएका छन्| उनीहरु संगै बर्सिलोनाकै नेयमार पनि अन्तिम तिनमा पर्न सफल भएका छन्| सदाझैं यस पाला पनि रोनाल्डो र मेस्सी विच कडा टक्कर हुने अनुमान गरिएको छ| रोनाल्डोले यसअघि तीनपटक यो उपाधि हासिल गरेका छन् भने मेस्सिले चार पटक जितेका छन्|
यस उपाधिको फैसला जनवरी ११, २०१६का दिन स्विटजर्ल्याण्डको ज्युरीचमा घोसणा गरिनेछ|
यसका साथै महिलाको अन्तिम तिनमा अमेरिकाकी क्यर्ली लोयड, जापानकी आय मियेमा र जर्मनीको सेलिया स्यसिच पर्न सफल रहेका छन्|
May 1, 2025
एजेन्सी – अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी कन्काकाफ इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत सेमिफाइनलमा भान्कुभर ह्वाइटक्याप्ससँग पराजित भएको छ । सेमिफाइनलको दोस्रो लेगमा बुधबार राती मायमीले ३-१ को हार बेहोरेको हो । त्यसअघि पहिलो लेगमा २-० ले पराजित मायमी समग्रमा ५-१ को हारसँगै च्याम्पियन्स कपबाट बाहिरिन पुगेको हो । बुधबारको खेलमा […]
May 1, 2025
एजेन्सी – बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो।मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले आर्सनललाई १-० ले हराएको थियो। तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले […]
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग पराजित भएको छ । जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा कावासाकीले अल नासरलाई ३-२ ले पराजित गर्यो । नासरले खेलको अन्त्यतिर लगातार अवसर सिर्जना गरेपनि खेलमा बराबरी गर्न नसक्दा फाइनल पुग्ने अवसर गुमायो । […]