default_image

8 years ago

August 28, 2017

इन्डोनेसियामा रोहितको क्लब विजयी

76 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका रोहित चन्द आबद्ध इन्डोनेसियन क्लब पर्सिजा जाकार्ताले लिगा १ मा उच्च प्रदर्शनलाई जारी राखेको छ । गए राती घरेलु मैदानमा पर्सिजाले पेरसेलालाई २–० ले हराएको थियो ।

आइतबारको खेलपछि रोहित चन्दसँग सेल्फी लिँदै नवीन चित्रकार ।

जितपछि पर्सिजा ३६ अंकसहित लिग अंकतालिकाको छैटौं स्थानमा यथावत छ । टोलीले अहिले सम्मका २२ खेलमा ९ मा जित ९ मा बराबरी र ४ खेलमा हार बेहोरेको छ ।

शनिबार रामदानी लेस्टालुहुको गोलबाट २३ औं मिनेटमा अग्रता लिएको पर्सिजाका लागि खेल सकिन १० मिनेट बाँकी रहँदा रेनाल्डो कोस्टाले अर्को गोल थपेका थिए ।

रोहितलाई पर्सिजा पुर्याउन सहयोग गर्ने नवीन चित्रकारले पनि शनिबारको खेल हेरेका थिए । चित्रकारका अनुसार रोहितले उच्च प्रदर्शन गरेका थिए ।पर्सिजाले अर्को खेल भदौ २३ गते मित्रा कुकारसँग खेल्ने ।

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

Success

Thank you for your time.