default_image

7 years ago

August 28, 2017

बाप्पे पिएसजी जाने पक्का

57 views

0 Bookmark

मोनाको (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रान्सेली युवा खेलाडी किलियन बाप्पे भित्राउन मोनाकोसँग सम्झौता गरेको छ । यो सिजन फरवार्ड बाप्पेलाई लोनमा भित्राउदै पिएसजीले अर्को सिजन १ सय ६६ मिलियन पाउण्डमा स्थायी रुपमा उनलाई खरिद गर्न सक्ने बताइएको छ ।

Bappe

मोनाकोबीच सम्झौता भएपनि पिएसजीले बाप्पेसँग भने सहमति गर्न बाँकी छ । रियल म्याड्रिड , बार्सिलोना , आर्सनल , लिभरपुल , म्यानचेस्टर सिटी लगायात युरोपका ठूला क्लबको नजरमा परेका बाप्पेको भविष्यलाई लिएर धेरैको चासो बढेको थियो ।

यसै सिजन नेयमारलाई विश्व कीर्तिमानी रकममा भित्राएको पिएसजी यस पटकको ट्रान्सफर विन्डोमा आक्रमक रुपमा प्रस्तुत भइरहेको छ । पिएसजीले लिगका पछिल्ला तीनमा सबै खेल जितिसकेको छ ।

मोनाकोले गत सिजन फ्रान्सेली लिगको उपाधि जित्दा बाप्पेले २६ गोल गर्दै ८ असिस्ट गरेका थिए । बाप्पेको उच्च प्रदर्शनको मद्धतले मोनाकोले च्याम्पियन्स लिगको अन्तिम चार सम्मको यात्रा तय गरेको थियो ।

September 27, 2024

एन्फा महिला लिग – आर्मीसँग कर्णालीको हार

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणको सुखद अन्त्य गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको पहिलो चरणको लिगको आफ्नो अन्तिम खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ५-० को सहज जित हासिल गर्यो । आर्मीको जितमा चन्द्रा भन्डारी, अमिषा कार्की, विमला चौधरी, दिपा राई र दिपा शाहीले गोल गरे […]

September 27, 2024

रश्मीको ४ गोलमा एपिएफको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – रश्मी कुमारी घिसिङको ४ गोलको मद्दतमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणमा सुखद अन्त्य गरेको छ । एपिएफ पहिलो चरणको लिगको शीर्ष स्थानमा रहेन क्रममा अपराजित रह्यो । खेलेको ९ मध्ये ८ खेलमा जित निकालेको एपीएफले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा खेलेको थियो […]

September 27, 2024

टोटनहमको सहज जित

एजेन्सी – इङ्ग्लिस क्लब टोटनहम ह्ट्सपरले युरोपा लिगमा आफ्नो पहिलो खेलमा अजरवैजानि क्लब काराबागलाई सहज रुपले पराजित गरेको छ । १० खेलाडीमा सिमित टोटनहमले कारबागलाई ३-० ले पराजित गरेको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जित दिलाउँन ब्रेनन जोन्सन, डोमिनिक सोलान्के र पेपे सरले गोल गरे । खेलको आठौं मिनेटमा टोटनहमका डिफेन्डर राडु […]

Success

Thank you for your time.