default_image

8 years ago

August 27, 2017

किरण स्वदेश फर्के लगत्तै प्रशिक्षणमा सामेल

78 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ताजकिस्तानसँग नौ दिनपछि हुने एएफसी एसियन कप छनोटको खेलका लागि स्वदेश फर्केका राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ आइतबार प्रशिक्षणमा सामेल भएका छन् । शनिबार स्वदेश फर्केको भोली पल्टनै उनी प्रशिक्षणका लागि एन्फा कम्प्लेक्स पुगका हुन् ।

राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ । फाइल तस्बिर

उनीसहित प्रशिक्षणमा ३० मध्ये २९ खेलाडी पुगेका छन् । अर्का सदस्य रोहित चन्द भने इन्डोनेसियामा नै छन् । जेठको अन्त्यमा यमनसँग घरेलु मैदानमा छनोटको खेलपछि उनी व्यवसायिक फुटबल खेल्न माल्दिभ्स गएका थिए । उनी गत पुसदेखि माल्दिभ्सको माथिल्लो स्तरको टोली टिसी स्पोर्टसमा आबद्ध छन् । किरणको टोली माल्दिभ्सको धिवेही प्रिमियर लिग (डिपिएल) खेलिरहेको छ ।

किरण ताजकिस्तानसँगको खेललाई लिएर उत्साहित छन् । ‘टोली नियमित प्रशिक्षणमा छ । जापान भ्रमणले पनि अझै राम्रो भएको हुनुपर्दछ ’ उनले भने, ‘फेरि हामी घरेलु मैदानमा खेल्ने तयारीमा छौं । विक्रम लामा पनि फर्केकोले टोली पहिला भन्दा पनि अझै बलियो भएको महसुस गरेको छु । जितका लागि मेहनत गर्नेछौं ।’ चैतमा फिलिपिन्ससँगको खेलमा रातो कार्ड पाएका कारण विक्रम यमनसँगको खेलमा प्रतिबन्धमा थिए ।

किरणले घरेलु मैदानमा जस्तो बलियो टोलीसँग खेल्न पनि कठिन नलाग्ने बताए । ‘होम ग्राउन्ड भन्ने वित्तिकै मोरल यसै हाइ हुन्छ ’ यमनसँगको खेलमा म्यान अफ दी म्याच रहेका किरणले थपे, ‘हामीले विगतमा पनि घरेलु टोलीमा उच्च प्रदर्शन गरेका छौं । ताजकिस्तानसँग पनि राम्रो हुन्छ भन्ने विश्वास छ । ’ नेपाल र ताजकिस्तानबी भदौ २० गते हलचोकस्थित नेपाल एपिएफको मैदानमा प्रतिस्पर्धा हुँदैछ ।

छनोटका दुई खेलमध्ये नेपालले पहिलोमा हार र दोस्रोमा बराबरी खेलेको थियो । फिलिपिन्ससँग ४–१ को हार बेहोरेको नेपालले यमनसँग गोलरहित बराबरी खेलेको थियो । फिलिपिन्स ६ अंकसहित शीर्षस्थानमा यमन ४ अंकसहित दोस्रो र तेस्रो स्थानको नेपालको १ अंक तथा ताजकिस्तान अंक विहिन छ ।
किरण ताजकिस्तानसँगको खेलको भोली पल्ट भदौ २१ मै माल्दिभ्स प्रस्थान गर्नेछन् । उनको टोलीले डिपिएलका ४ खेलमा २ मा जित, १ मा बराबरी र अर्कोमा हार बेहोरेको छ । डिपिएलमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

Success

Thank you for your time.