8 years ago
August 27, 2017
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युथ टोली साफ यू १५ च्याम्पियनसिपको उपाधिबाट वञ्चित बनेको छ । एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा नेपाल सधैको जस्तै भारतसँग २–१ ले पराजित हुदै उपाधिबाट वञ्चित बनेको हो ।
यसअघि यू १६ उमेर समूहमा हुने प्रतियोगितामा नेपालको यो भारतसँग पाँचौ हार हो । यसअघि नेपाल २०१३ मा हेमन्त थापामगरको कप्तानीमा साफ यु १६ मा फाइनलमा १–० ले पराजित भएको थियो ।
नेपालले खेलमा लिएको शुरुवाती अग्रता जोगाउन सकेन । भारतका परिवर्तित खेलाडी लाल रोकिमाले भारतका लागि बराबरी गोल फर्काउदा कप्तान विक्रम प्रताप सिंहले भारतको जितमा निर्णायक गोल गरे । दोस्रो हाफमा नेपालले गतिलो प्रदर्शन गर्न सकेन । लगातार आक्रमण बुनेको भारतले ५९ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । ७५ औं मिनेटमा कप्तान विक्रम प्रताप सिंहले दुई डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गर्दै भारतलाई खेलमा अग्रता दिलाए । त्यसपछि थप गोल हुन नसक्दा भारतले २–१ ले खेल आफ्नो पक्षमा पार्यो ।
नेपाल समूह चरणमा पनि भारतसँग २–१ ले पराजित भएको थियो । यसअघि नेपालले खेलको ४१ औं मिनेटमा ब्रिजेश चौधरीले पेनाल्टीमार्फत गोल गरेपछि नेपालले पहिलो हाफमा १–० को अग्रता लिएको हो । भारतीय खेलाडी मोरङथेम थाइवा सिंहले रञ्जन पुनलाई पेनाल्टी एरियामा लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ब्रिजेश चौधरीले गोल गरेका थिए ।
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]