default_image

8 years ago

August 27, 2017

साफ यू १५ च्याम्पियनसिपः पहिलो हाफमा नेपाललाई १–० को अग्रता

91 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – साफ यू १५ च्याम्पियनसिपको फाइनल खेलमा पहिलो हाफ सकिदा नेपालले १–० को अग्रता लिएको छ ।

Nepal

तस्बिर : बिबेक सुबेदी

खेलको ४१ औं मिनेटमा ब्रिजेश चौधरीले पेनाल्टीमार्फत गोल गरेपछि नेपालले पहिलो हाफमा १–० को अग्रता लिएको हो । भारतीय खेलाडी मोरङथेम थाइवा सिंहले रञ्जन पुनलाई पेनाल्टी एरियामा लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो , जसलाई ब्रिजेश चौधरीले गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले खेलको दोस्रो मिनेटमा नै गोलको अवसर बनाएको थियो । दर्शन गुरुङको फ्रिकिक प्रहारमा रन्दिप पौडेलको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरिएको थियो । सातौ मिनेटमा दर्शनको करिव ३५ यार्ड टाढाको प्रहार बाहिरिएको थियो । २४ औं मिनेटमा दर्शनले अर्काे सुन्दर मौका खेर फालेका थिए ।

यता, नेपालका डिफेन्स सन्जिव अर्यालले भारतीय खेलाडीको प्रहार गोल लाइनबाट बचाएपछि भारतले पहिलो हाफको इन्जुरी समयमा बराबरी गर्न बाट चुकेको थियो । २१ औं मिनेटमा सन्जिवले नै बल क्लियर गरिदिएपछि भारतले खेलमा अग्रता लिने मौका गुमाएको थियो । नवौ र १४ औं मिनेटमा भारतले गोल गर्न मौका खेर फालेको थियो ।
दोस्रो हाफ केही बेरमा शुरु हुदैछ ।

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

Success

Thank you for your time.