default_image

7 years ago

August 27, 2017

बार्सिलोनको जित, मेस्सीको ३ सय ५० गोल पुरा

51 views

0 Bookmark

अलाभा(एजेन्सी)– स्पेनिस ला लिगामा गए राती सुपर स्टार लियोनल मेस्सीले टोलीलाई जित मात्र दिलाएनन् आफ्नो खेल जीवनमा अर्को एउटा खुड्किलो पार गरेका छन् । खेलको पहिलो हाफमा पेनाल्टी चुकाएपनि उनकै २ गोलको मद्दतमा बार्सिलोनाले अल्भेसलाई २–० ले हराएको थियो ।

रियल बेटिससँग सिजनको पहिलो खेलमा मेस्सीको तीन पटकको प्रहार पोलमा लागेर फर्केको थियो । अल्भेसविरुद्ध पहिलो हाफमा उनको पेनाल्टी अल्भेसका गोलकिपर फर्नान्डो पाचेकोले रोकेका थिए । जेरार्ड पिकेलाई विपक्षी खेलाडीले पेनाल्टी बक्समा फाउल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो ।

तर, ३० वर्षे मेस्सीले धेरै समय निराश हुनु परेन । सोही खेलमार्फत उनले खेल जीवनमा ३ सय ५० औं गोल पुरा गरेका थिए । ५४ औं मिनेटमा मेस्सीले पहिलो गोल गरेका थिए । जोर्डी अल्बाको क्रसमा मेस्सीले गोलको खाता खोलेका थिए । ६६ औं मिनेटमा मेस्सीले अर्को गोल थपे । पेडराजा र अलेक्सइजले क्लियर गर्न नसकेको बललाई परिवर्तित माको अल्कासेरले हेडमार्फत मिलाइदिएपछि मेस्सीले गोल गरेका थिए ।

ला लिगामा १२ बर्षभन्दा बढी बिताइसकेका मेस्सीले पहिलो गोल १७ वर्षको उमेरमा गरेका थिए । उनीसँग सबैभन्दा निकट रहेका रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो मेस्सीभन्दा ६६ गोल गरे पछाडि छन् । लगातार १४ सिजन खेल्ने क्रम हरेक सिजन कम्तीमा १ गोल गरेका मेस्सी युरोपका शीर्ष ५ लिगमा ३ सय ५० गोल पुरा गर्ने दोस्रो खेलाडी हुन् । यसअघि बायर्न म्युनिखका गर्ड मुलरले आफ्नो खेल जीवनमा बुन्डेस लिगामा ३ सय ६५ गोल गरेका थिए ।

खेल सुरु भएको ५ मिनेटमै २ गोल गरेको एट्लेटिको म्याड्रिडले लास पालसमारलाई ५–१ ले हराएको थियो । एन्जल कोरेया र यानिक कारास्कोको गोलमा एट्लेटिकोले सुरुआती अग्रता लिएको थियो भने जोनाथन कालिरीले ५८ औं मिनेटमा गोल गरेका थिए ।

तर भ्रमणकारी टोलीका लागि कोकेले २ र थोम्सन पार्टेले अर्को गोल गरेपछि एट्लेटिको गोल जित सहज बनेको थियो । गए राती ला लिगाका अन्य खेलमा गिरोनाले मालागालाई १–० ले हरायो भने लेभान्टे र डेर्पोटिभो ला कुरुनाले २–२ को बराबरी खेले ।

January 10, 2025

बागमती र वालिङ भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको आजको खेलमा आज वालिङ नगरपालिका र बागमती युथ क्लबले प्रतिस्पर्धा गर्देछन्। एन्फा कम्प्लेक्समा यी दुई टोलीले‌ एकअर्काको सामना गर्दा अंकको खाता खोल्ने दाउमा रहनेछन्। दुवैले यसअघि तीन खेल खेलिसकेका छन्। तीन खेलमा दुवै टोलीले तीन विभागीय टिमसँग हारेका थिए। बागमतीले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँग […]

January 10, 2025

रियल स्पेनिस सुपर कपको फाइनलमा

एजेन्सी – रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । साउदी अरबको जेद्दामा भएको दोस्रो सेमिफाइनलमा बिहीवार मलोर्कालाई ३-० ले हराउँदै रियल अन्तिम दुईमा पुगेको हो । रियलको जितमा जुड बेलिंघन र रोड्रिगोले गोल गरे । अर्को गोल आत्मघाती गोल भयो । बेलिघमले ६३ औं मिनेटमा गोल को खाता खोले । इन्ज्युरी समयको तेस्रो […]

January 9, 2025

पुलिसलाई हराउँदै एपिएफ शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार तेस्रो जितसँगै एपिएफ फुटबल क्लब एन्फा महिला लिगको अन्तिम चरणको शीर्षस्थानमा उक्लिएको छ। एपिएफले बिहीवार नेपाल पुलिस फुटबल क्लबलाई ६-० ले हरायो। एपिएफको जितमा अनिता बस्नेतले ह्याट्रिक गर्दा सरु लिम्बुले २ तथा रेनुका नगरकोटीले १ गोल गरिन्। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा एपिएफले पुलिस विरुद्ध पुर्णरूपमा दबाब बनायो। १० औं […]

Success

Thank you for your time.