default_image

8 years ago

August 26, 2017

साफ यू १५ – नेपाल र भारत दुवै टोलीको उपाधि जित्ने दाबी

77 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक नेपाल र भारत दुवै टोलीका प्रशिक्षकले आइतबार एकअर्काको सामना गर्दै साफ यू १५ फुटबल च्याम्पियनसिपको उपाधि जित्ने दाबी गरेका छन् । समूह चरणमा एकअर्काको सामना गरिसकेका नेपाल र भारतबीच आइतबार फाइनल हुँदैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयको कृतिम मैदानमा खेल हुनेछ ।

साफ यू १५ फुटबल च्याम्पियनसिप उपाधिका साथ नेपाली टोलीका कप्तान रोशन थापामगर (दायाँ) र भारतीय टोलीका कप्तान विक्रम प्रपात सिंह ।

शनिबार भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक सुनिल कुमार श्रेष्ठले फाइनलमा हार नदोहोरिने बताएका छन् । ‘ भारतसँग समूह चरणमा आफ्नै केही गल्तीले हार्यौं । गल्ति सुधार्दै फाइनल जित्न चाहन्छौं ’ प्रशिक्षक श्रेष्ठले भने, ‘ हाम्रो खेलमा क्रमश सुधार भइरहेको छ । भारतलाई हराउनेमा आशावादी छौं । समूह चरणको हारले दबाब भन्दा पनि कमजोरी सुधार्ने मौका मिलेको अर्थमा लिएका छौं ।’

श्रेष्ठका भारतीय टोलीका प्रशिक्षक विभियानो फर्नान्डेजले नेपाललाई समूह चरणमा पराजित गरिसकेपनि फाइनल खेल पुरै फरक हुने बताए । ‘घरेलु टोली नेपालले पक्कै पनि भोलिको खेल जित्न ठूलो इफेर्ट लगाउनेछ ।

हामी पनि जित्न मेहनत नै गर्नेछौं’ प्रशिक्षक फर्नान्डेजले भने, ‘समूह चरणभन्दा फाइनल खेल पक्कै पनि गाह्रो हुने गर्दछ । नेपाललाई घरेलु दर्शकको साथ छ । खेल पक्कै पनि रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ ।’यस्तै प्रशिक्षक फर्नान्डिजले टिमको डिफेन्स लाइन बलियो रहेकाले फाइनल खेलका लागि खेलाडीहरु तयार रहेको बताए । कप्तान विक्रम प्रताप सिंहले फाइनल जित्नेमा आशावादी रहेको बताए ।

नेपाली टोलीका कप्तान रोशन थापामगरले लगातारको खेलले टोलीको प्रदर्शनमा सुधार भएकोले फाइनलमा हराउने आशा व्यक्त गरे । उनले भने, ‘हाम्रो सट पासहरुमा केही समस्या छ । त्यसलाई सुधार्न सके भारतलाई पराजित गर्न सकिन्छ ।’ प्रशिक्षक श्रेष्ठले भारत बलियो प्रतिद्वन्द्वि भएको स्वीकार्दै उनीहरुसँग कुनै पनि हालतमा गल्ती नदोहो¥याई खेल्ने बताए ।

‘हामी यसअघिको दुई संस्करण (पहिले साफ यू–१६) मा फाइनलमा भारतसँगै पराजित भैसकेका छौं । लगतारको भारतसँगको हारलाई बिर्सदै फाइनलमा उत्कृष्ट फुटबल खेल्नेछौं ’ प्रशिक्षक श्रेष्ठले भने, ‘बराम्बार भारतसँग हारेपनि हामीलाई कुनै प्रेसर छैन । अहिलेको फुटबलको नयाँ शैली अल एट्याक र अल डिफेन्स खेल्नेछौं ।’ यस्तै प्रशिक्षक श्रेष्ठले भारतविरुद्धको फाइनल खेलमा केही खेलाडीहरु परिवर्तन हुने पनि बताए । समूह चरणमा भारतले नेपाललाई २–१ ले हराएको थियो ।

आइतबार नै तेस्रो स्थानको लागि भुटानले बंगलादेशको सामना गर्नेछ । खेल हल्चोक मैदानमा दिउसा २ः३० बजे सुरु हुनेछ । भुटानका प्रशिक्षक सङजङ लीले यस प्रतियोगितामा औसतको प्रदर्शन गरेको बताए । हामी बंगलादेशसँग ३–० पराजित भैसकेका छौं ’ प्रशिक्षक लीले भने, ‘समूह चरणमा हारेपनि भोलिको खेल बिल्कुलै फरक हुनेछ ।’ यस्तै प्रशिक्षक लीले टिम शारीरिक रुपमा कमजोर रहँदा राम्रो प्रदर्शन हुन नसकेको बताए ।

यता बंगलादेशका प्रशिक्षक मुस्ताफा अनवर परवेजले भुटानी टिम शारीरिक रुपमा केही कमजोर रहेकाले त्यसको फाइदा बंगलादेशले लिने बताए । ‘भुटान यस प्रतियोगिताको राम्रो टिम हो । तर, उनीहरु शारीरिक रुपमा केही कमजोर छन् ’ प्रशिक्षक परवेजले भने, ‘समूह चरणमा पराजित गरिसकेकाले हामी भुटानलाई हराउन सक्षम छौं ।’

प्रतियोगितामा ६ दक्षिण एसियाली राष्ट्रको सहभागिता रहेको छ । यसअघि यु–१६ साफ च्याम्पियनसिप हुदै आएकोमा यस पटकदेखि यु–१५ साफ च्याम्पियनसिपको आयोजना गरेको हो ।

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

Success

Thank you for your time.