default_image

8 years ago

August 25, 2017

फाइनल प्रवेशका लागि नेपाल र बंगलादेश भिड्दै

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी साफ यू–१५ फुटबल च्याम्प्यिनसिपको फाइनल प्रवेशका लागि आज नेपालले बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्रितिम मैदानमा दिउँसो ३ः०० बजे प्रतिस्पर्धा सुरु भएको छ । एकै समयमा हलचोकमा जारी अर्को सेमिफाइनलमा भारत र भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।

बंगलादेशको सामना गर्दा नेपाली युवा टोलीमाथि यसअघिको उमेर समूहको नतिजालाई निरन्तरता दिने चुनौति हुनेछ । उमेर समूहमा नेपाल बंगलादेशसँग पराजित भएको छैन । यसअघि यू १६ का नाममा भएको च्याम्पियनसिपमा तीन पटक भेट्दा पनि नेपाल अपराजित रहेको थियो ।

सन् २०११ मा पहिलो संस्करणमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेले । त्यहि संस्करणको तेस्रो स्थानको खेलमा भने नेपालले बंगलादेशमा २–१ ले हराएको थियो । हेमन्त थापा मगरको कप्तानीमा रहेको टोलीले अर्को संस्करणमा फाइनलमा स्थान बनाउन नेपालले बंगलादेशलाई दशरथ रंगशालामा ५–१ पराजित गरेको थियो ।

फेरि एकपटक नेपालले घरेलु मैदानमा बंगलादेशको सामना गर्दै छ । नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले पनि अघिल्ला खेलको कमजोरीलाई सुधार्दै फाइनल यात्रा तय गर्ने आशा व्यक्त गरेका छन् । माल्दिभ्ससँगको खेलमा रातो कार्ड पाएका रोशन दोङ भारतको खेलमा प्रतिबन्धमा थिए । बंगलादेशको खेलमा उनी फर्कने भएपछि नेपालको रक्षापक्ति बलियो हुने अपेक्षा गरिएको छ ।

साविक विजेताको हैसियतमा नेपाल आएको बंगलादेशलाई हराउन त्यहि सहज भने छैन । समूह चरणका दुई खेलमा बंगलादेशले ७ गोल गरिसकेको छ । श्रीलंकालाई ४–० र बंगलादेशलाई भुटानलाई ३–० ले हराउँदै बंगलादेश समुह ‘ए’ को विजेता बनेको थियो । पहिलो खेलमा माल्दिभ्सलाई ६–० ले हराएको नेपाल अर्को खेलमा भारतसँग २–१ ले पराजित भएपछि समूह ‘बी’ को उपविजेता बनेको थियो ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.