8 years ago
August 25, 2017
काठमाडौं (हाम्रो खेलकुद)– झन्डै दुई सातापछि ताजकिस्तानविरुद्ध हुने एसियन कप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलका लागि नेपाली टोली अन्तिम तयारीमा जुटेको छ । जापानमा १० दिने भ्रमण सकेर भदौ ४ गते फर्केको टोली बिहीबारबाट तयारीमा जुटेको हो ।
जापान भ्रमणमा नपरेका ४ खेलाडीलाई पनि प्रशिक्षणमा बोलाइएको टोलीका प्रशिक्षक राजुकाजी शाक्यले जानकारी दिए । ४ जनामा रजिन धिमाल, आदित्य चौधरी, रञ्जन विष्ट र प्रिन्स जर्ज कार्की छन् ।
जापान गएका २४ भने यथावत छन् । व्यवसायिक खेलका लागि माल्दिभ्समा रहेका गोलकिपर किरण चेम्जोङ र इन्डोनेसियामा रहेका रोहित चन्दसहित ३० खेलाडीबाट ताजकिस्तानका लागि २३ खेलाडीको अन्तिम छनोट गरिने शाक्यले जानकारी दिए ।
ताजकिस्तानसँग भदौ २० मा हलचोकस्थित नेपाल एपिएफको मैदानमा प्रतिस्पर्धा हुनेछ । छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा खेल्न लागेको यो तेस्रो खेल हो । छनोट चरणभरमा नेपालले ३ होम र ३ अवे खेल खेल्नु पर्नेछ । यसअघिका २ खेलमा नेपालले १ मा जित र अर्कोमा बराबरी गरेको थियो ।
जापान भ्रमणका दौरान नेपालले विश्वविद्यालय र अन्य क्लबसँग गरि ५ वटा मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले एउटामा विजयी अर्कोमा बराबरी र बाँकी तीन खेलमा हार बेहोरेको थियो । जापान भ्रमण फलदायी भएको प्रशिक्षक शाक्यको बुझाई छ ।
‘जापान भ्रमणमा केटाहरुले धेरै सिक्ने अवसर पाएका छन् । आफ्नो र टोलीको कमजोरीका बारेमा अझै बढी जान्ने अवसर मिल्यो’ उनले भने, ‘यसबाट खेलाडीहरुले स्व मुल्याड्कन पक्कै गरेको हुनुपर्दछ । मलाई विश्वास छ यो अनुभव ताजकिस्तानसँगको खेलमा काम लाग्नेछ ।’ शाक्यका अनुसार अर्को एकसाता फिटनेस प्रशिक्षण पछि अन्तिम नामावली सार्वजनिक हुनेछ ।
छनोट अन्तर्गत अघिल्लो बर्षको चैतमा फिलिपिन्ससँग ४–१ को हार बेहोरेको नेपालले जेठको अन्त्यमा घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । अंक तालिकामा शीर्षस्थानमा रहेको फिलिपिन्सको ६, यमनको ४, नेपालको १ र पुछारमा रहेको ताजकिस्तान अंक विहिन छ ।
नेपाली टोलीको प्रशिक्षणमा रहेका खेलाडीको नामावली
गोलकिपर – विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने, किरण चेम्जोङ (विदेश)
रक्षक – विराज महर्जन, जितेन्द्र कार्की, कमल श्रेष्ठ, राजेन्द्र रावल, दीनेश राजवंशी, मानबहादुर तामाङ, अनन्त तामाङ, विमल बस्नेत, देवेन्द्र तामाङ, आदित्य चौधरी, रजिन धिमाल
मिडफिल्डर – हेमन गुरुङ, अञ्जन विष्ट, हेमन्त थापा मगर, विक्रम लामा,हेमन गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, सुनिल बल, प्रिन्स जर्ज कार्की, रोहित चन्द (विदेश)
फरवार्ड – नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरुङ (कप्तान), सुमन लामा, विमल घर्ती मगर, अञ्जन विष्ट
प्रशिक्षक टोली – ग्यातुको कोजी (प्रमुख प्रशिक्षक), राजु शाक्य (प्रशिक्षक), उज्वल मानन्धर (गोलकिपर प्रशिक्षक)
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]
March 17, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]