default_image

8 years ago

August 25, 2017

साफ यू-१५ : नेपाल र बंगलादेशबीच सेमिफाइनल आज

72 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–१५ फुटबल च्याम्प्यिनसिपका दुवै सेमिफाइल आज एकै समयमा हुँदैछ । नेपाल र बंगलादेशबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्रृतिम मैदानमा प्रतिस्पर्धा हुँदा हलचोकस्थित हलचोकमा नेपाल एपिएफको मैदानमा भारतले भुटानको सामना गर्नेछ ।

बंगलादेशको सामना गर्दा नेपाली युवा टोलीमाथि यसअघिको उमेर समूहको नतिजालाई निरन्तरता दिनु हुनेछ । यसअघि यू १६ का नाममा भएको च्याम्पियनसिपमा तीन पटक भेट्दा पनि नेपाल पराजित भएको छैन । सन् २०११ मा पहिलो संस्करणमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेले ।

त्यहि संस्करणको तेस्रो स्थानको खेलमा भने नेपालले बंगलादेशमा २–१ ले हराएको थियो । हेमन्त थापा मगरको कप्तानीमा रहेको टोलीले अर्को संस्करणमा फाइनलमा स्थान बनाउन नेपालले बंगलादेशलाई दशरथ रंगशालामा ५–१ पराजित गरेको थियो । फेरि एकपटक नेपालले घरेलु मैदानमा बंगलादेशको सामना गर्दै छ ।

साविक विजेताको हैसियतमा नेपाल आएको बंगलादेशलाई हराउन त्यहि सहज भने छैन । समूह चरणका दुई खेलमा बंगलादेशले ७ गोल गरिसकेको छ । श्रीलंकालाई ४–० र बंगलादेशलाई भुटानलाई ३–० ले हराउँदै बंगलादेश समुह ‘ए’ को विजेता बनेको थियो ।

पहिलो खेलमा माल्दिभ्सलाई ६–० ले हराएको नेपाल अर्को खेलमा भारतसँग २–१ ले पराजित भएपछि समूह ‘बी’ को उपविजेता बनेको थियो ।
माल्दिभ्ससँगको खेलमा रातो कार्ड पाएका रोशन दोङ भारतको खेलमा प्रतिबन्धमा थिए । बंगलादेशको खेलमा उनी फर्कने भएपछि नेपालको रक्षापक्ति बलियो हुने अपेक्षा गरिएको छ ।

भारत र भुटान भिड्दै
हलचोकमा भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । भारत प्रतियोगिताको दाबेदार मध्ये एकका रुपमा हेरिएको छ । भारत र बंगलादेश प्रतियोगिताका अपराजित टोली हुन् । माल्दिभ्सलाई ९–० र नेपाललाई २–१ ले हराएपछि भारत समूह ‘बी’ को विजेता बनेको थियो ।

श्रीलंकालाई पहिलो खेलमा ६–० ले हराएको भुटान अर्को खेलमा बंगलादेशसँग ३–० ले पराजित भएको थियो, जसका कारण टोली समूह ‘ए’ को उपविजेता मात्र बनेको थियो । २०१३ मा भएको पहिलो संस्करणमा भाग लिएको भुटान त्यति बेला समूह चरणमा अन्तिम भएको थियो । २०१५ मा भने भुटानले भाग लिएन ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.