default_image

8 years ago

August 25, 2017

भाग्यमानी अनिलसँग १२-२७ कुरा

113 views

0 Bookmark

काठमाडौं– रहरै रहरमा भलिबल खेल्न सुरु गरेको एउटा बालक पछि फुटबलको स्टार हुँदै राष्ट्रिय टोलीको कप्तान बन्न सक्छ भनेर कसले अनुमान गर्ला ? व्यवसायिक रुपमा अहिले पनि उनी फुटबल खेलाडी हुन् । तैपनि उनलाई भलिबल अहिले पनि उत्तिकै मन पर्ने खेल हो । उनी अरु कोही नभएर लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका कप्तान अनिल गुरुङ । दक्षिण एसियाली भन्दा बाहिर गत वर्ष नेपालले एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता सोलिडारिटी कप जित्दा अनिल कप्तान थिए । त्यो नेपालले जितेको एएफसीको पहिलो उपाधि हो ।

उनी खुलेर कमै बोल्छन् । तर, उनमा आवेग, करुणा, भावना वा अनुभव नभएर कम बोल्ने भएका होइन् । त्यो त उनको स्वभाव मात्रै हो । उनलाई पनि साथीभाई सँग घुम्न रमाइलो गर्न मन नलाग्ने होइन । यद्दपी, सोचे जस्तो परिस्थिति सधै हुन्छ भन्ने छैन । राष्ट्रिय टोलीले लामो समय सम्म गोल गर्न नसक्दा सबैभन्दा बढी आलोचना स्ट्राइकरको हुने गर्दछ । त्यो आलोचना अनिलले पनि कम खेपेका छैनन् ।

कारण उनी पनि राष्ट्रिय टोलीमा त्यहि अपजसे भूमिकामा रहने गर्दछन् । त्यहि अपजसे भूमिका निर्वाह गर्दा गर्दै पनि उनी एउटा फुटबल खेलाडीका लागि अर्थपूर्ण मानिने ५० अन्तर्राष्ट्रिय खेलको नजिक पुगेका छन् । ताजकिस्तानविरुद्ध यहि भदौं २० गते खेल्ने अवसर पाए भने त्यो उनको ५० औं खेल हुनेछ । त्यो खेललाई लिएर पनि उनी उत्साहित छन् ।

‘म करियरमा कति खुसी छु शब्दमा बयान गर्न सक्दिन । यहाँ सम्म पुग्छु भन्ने पनि थिएन । एक दिन छोड्नु पर्छ भन्ने पनि सोचेको थिइन्,’ अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यासको निकट रहेका अनिलले भने, ‘तर खेल्न सकुन्जेल फुटबल खेल्छु । फुटबल खेल्दा सधै खुसी रहे । कहिल्यै कोही प्रति मेरो गुनासो रहने ।’ सानोमा झुम्राको बल बनाएर खेलको स्मरणमा ताजै राखेका उनी जहिले सम्म खेल्न सक्छन् त्यो बेला सम्म मनाङबाटै खेल्ने चाहाना बताउँछन् । आफुलाई अविवाहित बताउने ३० वर्षे उनी भन्छन्,‘मनाङले मलाई बुझ्छ । त्यो क्लबसँग मेरो आत्मियता पनि त्यत्तिकै छ ।’

फिफा विश्वकप २०१० को छनोटका लागि सन् २००७ मा नेपालले ओमानसँग खेल्दा राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका पोखराका उनी दशकपछि ५० औं क्यापको नजिक उभिएका छन् । यो सबै मेहनत र भाग्यले सम्भव भएको उनको मान्यता छ । ‘स्कुलबाट रहरै रहरमा खेल्न थालेको म साहारा एकेडेमीबाट थप निखारिए । त्यहाँ २ वर्ष खेले र त्यसपछि ‘ए’ डिभिजन काठमाडौं आए । ब्रिगेड ब्वाइजबाट खेलेपछि लगत्तै अर्को सिजन रुस्लान थ्री स्टार गए । अर्को वर्ष मनाङ मस्र्याङ्दी पुगे । त्यसपछि एनआरटीबाट खेलें । तर दुर्भाग्य नेपालमा घरेलु फुटबल निरन्तर भएन । ’

त्यसबीचमा सहारा युकेको सहयोगमा उनी दुईपटक फुटबल प्रशिक्षणका लागि बेलायत पनि गए । बेलायतमै खेल्ने प्रक्रिया नमिलेपनि त्यहाँको अनुभवले उनको यात्रा भारतीय लिग (आइ लिग) तिर मोडियो । उनी सम्झन्छन् ‘बेलायतमा निखारिएको मेरो स्कीलले आइ लिगमा काम लाग्यो । ’ यी सब अनुभव उनका लागि मिठो सम्झनाका लागि काम लाग्नेछन् । अब त उनी बाँकी खेल जीवन स्वदेशमै बिताउन र क्लबलाई जति सक्दो सफलता दिलाउन प्रयासरत रहने बताउँछन् ।

उनै आफुलाई निकै भाग्यमानी मान्ने अनिलसँग हाम्रो खेलकुदका लागि दिपेश तिमलसिनाले गरेको १२–२७ कुरा ।

१.कहिलेबाट खेल्न सुरु गर्नु भयो ?

– ७ बर्षको उमेर बाट खेल्न सुरु गरे ।

२. पहिलोपटक पदक जित्दा कस्तो महसुस भयो ?
– स्कुलमा हुँदा जिल्ला स्तरिय प्रतियोगितामा उपाधि जितेका थियौं । निकै खुसी भएको थिए । बिस्तारै यहि खेलमा लागे । यो लेभल सम्म खेल्छु भन्ने लागेको थिएन । राष्ट्रिय टोलीको कप्तान र विदेश गएर पनि खेल्छु भन्ने लाग्ने त कुरै आएन ।

३. फुटबल कसरी लाग्नु भयो ?
– सानो हुँदा गाउँमै भलिबल खेल्थे, हाम्रो तिर भलिबल र फुटबल निकै खेलिन्छ । प्रतियोगिता पनि धेरै हुन्छ । त्यसले पनि आकर्षित गर्यो । पछि पोखरा झरेपछि मालेपाटनको मैदानमा खेल्थे । विस्तारै फुटबल आदत जस्तो भयो । खेल्दै जाँदा सफलता पनि मिल्दै गयो, अनि त झन् छोड्न सकिएन ।

तस्बीर: बिबेक सुबेदी/ हाम्रोखेलकुद

 

४. कुन फोन चलाउनु हुन्छ र फोन किन्दाको मुल्य ?
–आइफोन सेभेन । यसको मुल्य १ लाख २० हजार रुपैयाँ ।

५. कुन गाडी चढ्नु हुन्छ र मुल्य ?
–हुन्डाईको क्रेटा गाडी । यसको ४२ लाख रुपैयाँ पर्छ ।

६. बार्षिक कति कमाउनु हुन्छ ?
–  १५ लाख रुपैयाँको हाराहारीमा कमाउँछु ।

७. खेलाडी नबनेको भए के गर्नु हुन्थ्यो होला ?
– लाहुरे बन्थे होला, बाबाको सपना थियो छोरा लाहुरे भएको हेर्ने ।

८. शैक्षिक योग्यता कति छ ?
– स्कुलसम्मको अध्ययन गरेको छु।

९. कस्तो फिल्म हेर्नुहुन्छ र पछिल्लो पटक हरेको फिल्म ?
– मलाई कमेडी र लभ स्टोरी मन पर्छ । पछिलो पटक हेरेको स्पाईडर म्यान ।

१०. सबै भन्दा मन पर्ने नायक र नायिका ?
– सलमान खान । नायिकामा चाहिँ धेरै जना मनपर्छ एउटा भन्दा कट्रिना कैफ ।

११. सबैभन्दा मन पर्ने गायक र गायिका ?
– गायक सुगम पोखरेल र गायिका आस्था तामाङ मास्के ।

१२.सबैभन्दा धेरै पटक सुनेको गीत ?
– सुगम पोखरेलको अवस्था

१३. सिंगल हुनुहुन्छ ?
– सिंगल छु ।

१४.किताब कतिको पढ्नु हुन्छ? पछिल्लो पटक पढेको किताब ?
– खासै किताब पढ्ने बानी   छैन, न्युजमा चाहिँ अपडेटेड नै हुन्छु।

१५. अहिलेसम्म कति देश पुग्नु भयो ? सबैभन्दा मन परेको देश ?

– कति देश पुगे गनेको छैन । पासपोर्ट चाहिँ तेस्रो पटक लिइसके ।सबै भन्दा मनपरेको हङकङ र कीर्गिस्तान ।

१६. नेपालमा सबैभन्दा मनपर्ने ठाउँ ?
– आफ्नै ठाँउ पोखरा

१७. सबैभन्दा मनपर्ने खानेकुरा ?
– नेपाली खाना र सुकुटी ।

१८.खाना बनाउनु हुन्छ ? आफैले पकाएको सबैभन्दा मिठो के लाग्छ ?
– एक्लै बस्ने भएकोले खाना बनाउछु । सबैभन्दा मिठो पकाउने कोरियन चाउचाउ ।

१९. सामाजिक सञ्जाल कतिको चलाउनु हुन्छ र प्रेम प्रस्ताव कतिको आउँछ ?
– सोसल मिडियामा एक्टिभ छु । प्रस्ताव नियमित जस्तै आइरहेको हुन्छ । मलाई कसैको चित्त दुखाउन मन लाग्दैन मजाले बोल्छु सबै सँग । तर प्रेमिका भनेर नै छैन । अरु जस्तो फ्लर्ट पनि गर्दिन कोहि कोहि केटिसँग त डरनै पो लाग्छ त ।

२०. पहिलो कमाई के गर्नु भयो ?
– मलाई पोखरामा छंदानै ब्रिगेड ब्वाइज क्लबबाट लिगको १२ खेलका लागि काठमाडौं बोलाइएको थियो । हरेक खेलमा ५ सय रुपैयाँ दिने सहमति थियो । मेरो खेल हेरेर बोनस सहित रु ९ हजार दिनु भएको थियो । त्यो पैसाले विशाल बजार गएर ३÷४ हजार रुपैयाँ खर्च गरेर शर्ट प्यान्ट र जुत्ता किनेको थिए । बाँकी पैसा आमालाई पठाए कस्तो खुसी हुनु भएको थियो ।

२१. खेल जीवनमा सबैभन्दा खुसी भएको क्षण ?
– आइलिगको सिलोङ लाजोङ जाँदा एकदमै राम्रो रकममा अनुबन्धित भएको थिए । विदेशी लिग खेल्दा खुसीको सिमा थिएन । दबाब पनि त्यत्तिकै थियो । मलाई भसोरा गरे अनुसार न्याय पनि गरे । पछि राष्ट्रिय टोलीको कप्तान घोषित हुँदा पनि खुसी लाग्यो । म निकै लक्की रहे करियर भर । जसरी कप्तानको जिम्मेवारी आयो त्यो असामान्य अवस्था थिएन । तर राष्ट्रिय टोलीको नेतृत्व गर्न पाउदा गौरव महसुस त हुन्छ नै ।

तस्बीर: बिबेक सुबेदी/ हाम्रोखेलकुद

२२. फुर्सदको समयमा के गर्नु हुन्छ ?
– घरमै बसेर टिभी हेर्छु, साथीहरु सँग फिल्म हेर्न जान्छु । मुड चलेको बेला साँझ साथीहरुसँग समय बिताउन पनि मज्जा लाग्छ ।

२३. आफुले चाहेर पनि गर्न नसकेको काम ?
– नपढेकोमा निकै पछुतो लाग्छ । सुरुमा म काठमाडौँ आएको घरमा मन पराउनु हुन्न थियो । आमालाई म काठमाडौँ आए भने पढ्दैन जस्तो लाग्थ्यो । म पढ्छु भनेर आाए तर, मैले साच्चै पढ्न चाहिँ पढिन।

२४.राष्ट्रिय टोलीमा सबैभन्दा मिल्ने साथि र आशालाग्दो खेलाडी ?
– विजय गुरुङ, हामी क्यापमा हुँदा प्रायजसो रुम मेट पनि थियौ । रोहित चन्द माथि आउने खेलाडी हो भन्ने लाग्छ । उ निकै राम्रो खेल्छ, भर्साटाइल छ, परिपक्क र फ्रेन्ड्ली छ, बाहिर खेल्ने भएर होला उसको प्रदर्शन उच्चस्तरको छ ।

२५.मनपर्ने अन्तराष्ट्रिय टोली र खेलाडी ?
– म्यानचेस्टर युनाइटेड र वायन रुनी ।

२६. तपाईको नजरमा फूटबल खेलको विकास कसरी होला ?
– केही दिन अघि मात्र हामी ५ वटा मैत्रीपूर्ण खेलेर जापानबाट फर्कियौं । अलग अलग टोलीसँग खेले पनि सबैको खेल्ने शैली उस्तै थियो । त्यहाँ जस्तै ग्रासरुट देखिनै फुटबल विकासमा जोड दिनु पर्दछ । नियमित रुपमा खेल हुनुपर्दछ । भौतिक पूर्वाधार विकास गर्नु पर्दछ । हाम्रा कति राष्ट्रिय खेलाडीले राजधानीमा घासे मैदानमा खेल्न पनि पाएका छैनन् । धेरै भन्दा धेरै मैदान तयार गर्नुपर्दछ । मैदान नभएसम्म स्तर बढ्न सक्दैन ।

२७. आफ्ना शुभेच्छुकहरुलाई के भन्न चाहनुहुन्छ ?
– सधै माया गरिदिनु भएको छ त्यसले सधै हौसला मिल्छ । म निकै भाग्यमानी छु कहिले पनि कसैले नराम्रो भन्दिनु भएको छैन, सहयात्रामा सहयोग गर्ने सबैलाई, धन्यवाद दिन चाहन्छु ।

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

Success

Thank you for your time.