8 years ago
August 24, 2017
म्याड्रिड (एजेन्सी)– पछिल्ला दुई खेल दर्शकका रुपमा सिमित हुन बाध्य क्रिस्टियानो रोनाल्डो मैदानमा फर्केको खेलमा प्रभाव जमाउन सफल भएका छन् । बालोन डी’ओर विजेता रोनाल्डोले प्रभावशाली प्रदर्शन गरेपछि गएराती रियलले सन्टायागो बेर्नाबेउ ट्रफी जितेको छ ।
इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले हराउँदै रियलले घरेलु मैदानमा मैत्रीपूर्ण खेलको उपाधि उचालेको हो । खेलमा रोनाल्डोले निर्णायक गोल गरेका थिए । जोर्डन भेरेटोटको गोलमा भ्रमणकारी टोलीले अग्रता लिएपछि बोर्जा मायोराले बराबरी र रानाल्डोले निर्णायक गोल गरेपछि रियल विजयी भएको थियो ।
३२ बर्षे सुपर स्टार रोनाल्डो प्रतिस्पर्धात्मक खेल पाँच खेलको प्रतिबन्धमा छन् । बार्सिलोनासँग स्पेनिस सुपर कपको पहिलो लेगमा रातो कार्ड पाएपछि रोनाल्डोले रेफ्रीलाई धक्का दिएका थिए । त्यसकै कारवाही स्वरुप पाँच खेलको प्रतिबन्धमा रहेका उनी विना रियलले दुई खेल खेलिसकेको छ । उनले अझै तीन खेल प्रतिबन्धमा बिताउने छन् । तर, त्यो प्रतिबन्ध मैत्रीपूर्ण खेलमा भने लागु हुने छैन ।
अघिल्लो खेलमा रहेको ११ मध्ये सर्जियो रामोस बोहक प्रशिक्षक जिनेदिन जिदानमा टोलीमा सबै परिवर्तन गरेका थिए । आइतबार ला लिगको पहिलो खेलमा रियलले डिर्पोटिभो लाकुरुनालाई ३–० ले हराएको थियो । गएराती चौथो मिनेटमै रियल खेलमा पछि परेको थियो । एस्टन भिल्लाका पूर्व मिडफिल्डर भेरोटोटले अप्रत्यासित गोल गर्दै इटालियन टोलीलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन ।
तीन मिनेटपछि नै स्पेनका यू २१ टोलीका खेलाडी मायोरेले बराबरी गोल फर्काए । अघिल्लो सिजन उनी लोनमा जर्मनीको उल्फसबर्ग पुगेका थिए । पहिलो हाफमै रोनाल्डोले गोल फर्काएका थिए । उनले ३३ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो । जिदानले दोस्रो हाफमा धेरै खेलाडी परिवर्तन गरे रोनाल्डोसहित तीन खेलाडीले मात्र पुरा ९० मिनेट खेलेका थिए । डिर्पोटिभोसँगको खेलमा रातो कार्डका सामना गरेका कप्तान रामोसले खेल सकिएपछि मार्सोलोको सहयोगमा घरलु समर्थकका बीच ट्रफी उचालेका थिए ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]