8 years ago
August 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले साफ यू १५ फुटबल च्याम्पियनसिसपमा भारतविरुद्ध रणनीति अनुरुप नतिजा निकाल्न नसकेको बताएका छन् । भारतसँग २–१ ले पराजित हुँदै समूहको उपविजेतामा चित्त बुझाउनु परेपछि प्रशिक्षक श्रेष्ठले खेलमा सुधार गर्न आवश्यक रहेको बताएका छन् ।
‘मेहेनत गर्दा गर्दै पनि नतिजा निकाल्न सकिएन । पहिलो खेलमा रातो कार्ड पाउँदै रोशन दोगंले खल्न नपाएका कारण पनि रक्षापक्तिमा तामेल देखिएन,’ उनले भने, ‘ तर अर्को खेलमा उनी फर्कछन्, त्यो खेलमा प्रदर्शनमा सुधार गर्नेछौं ।’ नेपालले शुक्रबार बंगलादेशसँग सेमिफाइनल खेल्नेछ । अर्को सेमिफाइतल भारत र भुटानबीच हुनेछ ।
प्रशिक्षक श्रेष्ठले भारतविरुद्ध बुनेको रणनीतिले नतिजा नदिएको स्वीकारे । ‘भारतको खेल समिक्षा गरेपछि हामीले एयर बल भन्दा सर्ट पासमा ध्यान दिने रणनीति बनाएका थियौं । सर्ट पाससँगै थर्ड म्यान रनिङको तरिका प्रयोग गर्ने प्रयास गरेपनि सफल भएनौ, उनले भने, ‘ भारतको खेल हेरेर सेट पिसमा रोक्ने प्रयास गरेको थियौं । कतिमा सफल पनि भयौं । तर पूर्ण रुपमा भने सफल हुन सकेनौं । ’
माल्दिभ्ससँगको खेलमा भएका गल्ति भारतविरुद्धको खेलमा सुधार गरेको श्रेष्ठको भनाई थियो । उनले अर्को खेलमा अझै सुधार गर्ने विश्वास व्यक्त गरे । ‘ बंगलादेश समूह विजेता भएकाले सेमिफाइनल टफ हुनेछ,’ उनले भने, आजकै फर्मेसनमा खेलेर नतिजा निकाल्ने प्रयास गर्नेछौं । सेमिफाइनलमा अझै प्रदर्शनमा निखार आउनेछ ।’
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]
March 17, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]