default_image

8 years ago

August 24, 2017

नेपाल र बंगलादेशको सेमिफाइनल एन्फामा, अर्को हलचोकमा

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र बंगलादेशबीच साफ यू १५ फुटबल च्याम्प्यिनसिपको सेमिफाइनल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्रृतिम मैदानमा हुनेछ । सेमिफाइनल शुक्रबार दिउँसो ३ः०० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

अर्को सेमिफाइनल भारत र भुटानबीच सोही समयमा हुनेछ ।  त्यो खेल हलचोकस्थित शसस्त्र प्रहरी बलको मुख्यालयको मैदानमा हुनेछ ।समूह ‘बी’ को अन्तिम खेलमा बुधबार नेपाल भारतसँग २–१ ले पराजित भएपछि सेमिफाइनल समिकरण पुरा भएको थियो ।

नेपाल समूहको उपविजेता र भारत विजेता बनेको थियो । त्यसअघि नेपालले ६–० र भारतले ९–० ले हराएको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिसकेको थियो ।

नेपाल र भारत भने पहिलो जितबाट प्रतियोगिताको अन्तिम चारमा पुगेका थिए । बुधबारको नतिजापछि नेपालले समूह ‘ए’ को विजेता बंगलादेशलाई सेमिफाइनलको प्रतिद्वन्द्वि पाएको हो । समूह विजेता बनेको भारतले अर्को समूहको उपविजेता भुटानसँग खेल्ने तय भएको हो ।

उमेर समूहमा भारतलाई हराउन नेपाल फेरि एकपटक असफल भएको छ । यसअघि यू १६ का नाममा तीन संस्करण हुँदा सबैमा नेपाल भारतसँग नै पराजित भएको थियो । सन् २०११ मा नेपालमा आयोजित साफ यू १६ को पहिलो संस्करणमा नेपाल हेमन गुरुङको कप्तानीमा रहेको थियो ।

दशरथ रंगशालामा भएको च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । निर्धारित र थप समयमा १–१ को बराबरीमा भएपछि पेनाल्टीमा नेपाली टोली ४–२ ले पराजित भएको थियो ।

दोस्रो संस्करणमा हेमन्त थापा मगरको कप्तानीको टोलीलाई भारतले फाइनलमा १–० ले हराएको थियो । बंगलादेशमा भएको अघिल्लो संस्करणमा पनि नेपाल भारतबाट सेमिफाइनलमा रोकिएको थियो । जहाँ नेपाल १–० पराजित भएको थियो ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.