default_image

8 years ago

August 23, 2017

साफ यू १५ : नेपाल समूह उपविजेता, भारतसँग पराजित

98 views

0 Bookmark

दिपेन्द्र पोखरेल
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल साफ यू १५ फुटबल च्याम्पियनसिपको समूह ‘बी’ को उपविजेतामा सिमित भएको छ । समूह चरणको अन्तिम खेलमा आज भारतसँग २–१ ले पराजित भएपछि नेपाल उपविजेतामा सिमित भएको हो ।

नेपाल र भारतको युवा टोलीबीच जारी खेलको दृश्य । तस्बिर- बिबेक सुबेदी

भारत समूहको विजेता बनेको छ । यो खेलअघि नै नेपाल र भारत सेमिफाइनलमा पुगिसकेका थिए । नेपालले समूह ‘ए’ को विजेता बंगलादेश र भारतले उपविजेता भुटानसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

भारतका रविबहादुर रानाले ६५ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । सञ्जिव अर्यालले लालरोकिमालाई फाउल गरेपछि भारतले फ्रिकिक पाएको थियो । गिम्सन सिंह मोरंगथेमले प्रहार गरेको फ्रिकिकमा कसैको निगरानीमा रहेका रविनले हेडमार्फत गोल गरेका थिए । त्यहि गोल खेलको निर्णायक बन्यो र नेपाल उपविजेतामा सिमित भयो । भारतले माल्दिभ्सलाई ९–० ले हराउँदा रविले ह्याट्रिक गरेका थिए ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो हाफमा १–१ को बराबरी भएको थियो । २७ औं मिनेटमा गोल कप्तान विक्रमप्रताप सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । विके ओरामको प्रहार नेपाली गोलकिपरले रोकेपनि पूर्ण नियन्त्रणमा राख्न नसक्दा विक्रमले हेडमार्फत गोल गरेका थिए ।

४१ औं मिनेटमा नेपाली युवा टोलीले गोल फर्काएको थियो । कप्तान रोशन रानामगरले नेपालका लागि बराबरी गोल गरेका थिए । आकाश बुढामगरलाई भारतीय खेलाडी गिम्सनले पेनाल्टी बक्समा लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । रोशनले पेनाल्टी हानेको बल भारतीय गोलकिपरले रोकेपनि रिबाउन्डमा रोशनले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याएका थिए ।

खेलको सुरुआतमा केही मिनेट नेपालले नियन्त्रण बनाएपछि विस्तार भारतीय टोली लयमा आएको थियो । भारतका मोइरंगथेमले चौथो मिनेटमा गरेको प्रहार र ३९ औं मिनेटमा लाल रोकिमाले गरेको प्रहार क्रसबारमा लागेर फर्केको थियो । दोस्रो पटक खेलमा पछि परेपछि नेपालले बराबरीको लागि निरन्तर प्रयास गर्यो तर सफल भएन ।

८४ औं मिनेटमा शिशिर लेखीले यार्ड बक्सबाट गरेको प्रहार भारतीय गोलरक्षक लालबिखलुआ जोङतेको हातमा पुग्यो । दर्शन गुरुङले ८८ औं मिनेटमा करिब ४० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार पोस्ट नजिकबाट बाहिरिएपछि नेपालको बराबरी सम्भावना टरेको थियो । यसअघि समूहका अन्य खेलमा नेपालले माल्दिभ्सलाई ६–० ले हराउँनुअघि त्यहि टोलीलाई भारतले ९–० ले हराएर प्रतियोगितामा एक चरण अघि बढिसकेका थिए ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.