8 years ago
August 23, 2017
दिपेन्द्र पोखरेल
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र भारतबीच साफ यू १५ साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलको पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको छ । एन्फा कम्प्लेक्सस्थित क्रृतिम मैदानमा जारी खेलमा प्रतियोगिताको बलियो दाबेदार भारतले अग्रता बनाएपनि त्यसलाई जोगाउन भने सकेन ।
२७ औं मिनेटमा गोल कप्तान विक्रमप्रताप सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । विके ओरामको प्रहार नेपाली गोलकिपरले रोकेपनि पूर्ण नियन्त्रणमा राख्न नसक्दा वित्रम हेडमार्फत गोल गरेका थिए । ४१ औं मिनेटमा नेपाली युवा टोलीले गोल फर्काएको थियो । कप्तान रोशन रानामगरले नेपालका लागि बराबरी गोल गरेका थिए ।
आकाश बुढामगरलाई भारतीय खेलाडी मोइरंगथेम थोइबा सिंहले पेनाल्टी बक्समा लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । रोशनले पेनाल्टी हानेको बल भारतीय गोलकिपरले रोकेपनि रिबाउन्डमा रोशनले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याएका थिए ।
खेलको सुरुआतमा केही मिनेट नेपालले नियन्त्रण बनाएपछि विस्तार भारतीय टोली लयमा आएको थियो । भारतका मोइरंगथेमले चौथो मिनेटमा गरेको प्रहार र ३९ औं मिनेटमा लाल रोकिमाले गरेको प्रहार क्रसबारमा लागेर फर्केको थियो ।
दुवै सेमिफाइनल पुगिसकेकाले त्यो नतिजाले सेमिफाइनल कोसँग खेल्ने भन्ने मात्र अर्थ राख्दछ । समूह ‘बी’ मा रहेको अर्को टोली माल्दिभ्सलाई हराइसकेका दुवै टोली अन्तिम चारमा पुगिसकेका छन् । आजको खेलको नतिजाले विजेता र उपविजेताको छिनोफानो गर्नेछ ।
नेपालले माल्दिभ्सलाई ६–० ले हराउँनुअघि त्यहि टोलीलाई भारतले ९–० ले हराएर प्रतियोगितामा एक चरण अघि बढिसकेका थिए । आजको नतिजापछि समूहको विजेता बन्ने सेमिफाइनलमा भुटानको र उपविजेताले बंगलादेशको सामना गर्नेछ ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]