8 years ago
August 23, 2017
ललितपुर (हाम्रो खेलकुद)– राजधानीमा जारी साफ यू १५ फुटबल च्याम्पियनसिपमा नेपालले प्रतियोगिताको सबैभन्दा बलियो दाबेदार भारतको आज सामना गर्दैछ । खेल सातदाबोटोस्थित एन्फा कम्प्लेक्सको क्रृतिम मैदानमा ३ः०० बजे सुरु हुनेछ ।
तर, दुवै सेमिफाइनल पुगिसकेकाले त्यो नतिजाले सेमिफाइनल कोसँग खेल्ने भन्ने मात्र अर्थ राख्दछ । समूह ‘बी’ मा रहेको अर्को टोली माल्दिभ्सलाई हराइसकेका दुवै टोली अन्तिम चारमा पुगिसकेका छन् । आजको खेलको नतिजाले विजेता र उपविजेताको छिनोफानो गर्नेछ । नेपालले माल्दिभ्सलाई ६–० ले हराउँनुअघि त्यहि टोलीलाई भारतले ९–० ले हराएर प्रतियोगितामा एक चरण अघि बढिसकेका थिए ।
फुटबलमा नेपालका लागि दक्षिण एसियाली राष्ट्रमध्ये भारत सबैभन्दा बलियो प्रतिद्वन्द्वि रहँदै आएको छ । नेपाली राष्ट्रिय टोलीले भारतीय टोलीलाई पटक पटक हराएपनि उमेर त्यो सफलता प्राप्त गर्न सकिएको छैन ।यसअघि यू १६ उमेर समूहमा हुने साफ फुटबल च्याम्पियनसिप यसपटक यू १५ समूहमा खेलाइएको छ । यू १६ अघिल्ला तीनै संस्करणमा नेपाल भारतीय टोलीसँग पराजित भएको थियो ।
यसपटक अहिले सम्मको हारको बदला लिने मौका फेरि एक पटक नेपाली युवा टोलीले पाएको छ । सन् २०११ मा नेपालमा आयोजित साफ यू १६ को पहिलो संस्करणमा नेपाल हेमन गुरुङको कप्तानीमा रहेको थियो । दशरथ रंगशालामा भएको च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । निर्धारित र थप समयमा १–१ को बराबरीमा भएपछि पेनाल्टीमा नेपाली टोली ४–२ ले पराजित भएको थियो ।
दोस्रो संस्करणमा हेमन्त थापा मगरको कप्तानीको टोलीलाई भारतले फाइनलमा १–० ले हराएको थियो । बंगलादेशमा भएको अघिल्लो संस्करणमा पनि नेपाल भारतबाट रोकिएको थियो । जहाँ नेपाल १–० पराजित भएको थियो ।सेमिफाइनलमा समूह विजेताले भुटानको र उपविजेताले बंगलादेशको सामना गर्नेछ ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]