default_image

7 years ago

August 23, 2017

बार्सिलोनाको ट्विटर ह्याक

57 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)- क्याटालन क्लब बार्सिलोनाको ट्विटर अकाउन्ट ह्याक भएको छ। बुधबार बिहानै  ह्याक भएको अकाउन्टमार्फत ह्याकरले पिएसजीबाट एन्जेल डी मारियाको ट्रान्सफर पुरा भएको झुठो खबर पोस्ट गरेका थिए।

२४ घण्टा अगाडी मात्र नेयमार विरुद्ध मुद्दा दायर गर्ने भनेर विज्ञप्ति सार्वजनिक गरेको बार्सिलोनाले केहि घण्टा पश्चातनै डी मारियालाई भित्र्याउने खबर ट्विटर मा पोष्ट गर्दा सबै अचम्ममा परेका थिए। ह्याकरले उक्त अकाउन्टबाट ‘ Welcome Angel Di Maria to FC Barcelona!‘ लेख्दै पोष्ट गरेका थिए।

केहि बेर सम्म बार्सिलोनाको ट्विटरबाट ट्विट हुने र हट्ने क्रम जारी रह्यो। यो ह्याकिंगको जिम्मा ‘Our Mine‘ नामक साउदी अरबियन ग्रुपले लिएको छ। सो ग्रुपले बिगतमा नेटफ्लिक्स र मार्बलको ट्विटर तथा सिएनएन र मार्क जुकरबर्गको फेसबुक अकाउन्ट ह्याक गरेको थियो।

September 27, 2024

एन्फा महिला लिग – आर्मीसँग कर्णालीको हार

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणको सुखद अन्त्य गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको पहिलो चरणको लिगको आफ्नो अन्तिम खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ५-० को सहज जित हासिल गर्यो । आर्मीको जितमा चन्द्रा भन्डारी, अमिषा कार्की, विमला चौधरी, दिपा राई र दिपा शाहीले गोल गरे […]

September 27, 2024

रश्मीको ४ गोलमा एपिएफको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – रश्मी कुमारी घिसिङको ४ गोलको मद्दतमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणमा सुखद अन्त्य गरेको छ । एपिएफ पहिलो चरणको लिगको शीर्ष स्थानमा रहेन क्रममा अपराजित रह्यो । खेलेको ९ मध्ये ८ खेलमा जित निकालेको एपीएफले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा खेलेको थियो […]

September 27, 2024

टोटनहमको सहज जित

एजेन्सी – इङ्ग्लिस क्लब टोटनहम ह्ट्सपरले युरोपा लिगमा आफ्नो पहिलो खेलमा अजरवैजानि क्लब काराबागलाई सहज रुपले पराजित गरेको छ । १० खेलाडीमा सिमित टोटनहमले कारबागलाई ३-० ले पराजित गरेको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जित दिलाउँन ब्रेनन जोन्सन, डोमिनिक सोलान्के र पेपे सरले गोल गरे । खेलको आठौं मिनेटमा टोटनहमका डिफेन्डर राडु […]

Success

Thank you for your time.