default_image

8 years ago

August 22, 2017

भुटानका प्रशिक्षकको नेपाली टोलीसँग खेल्ने चाहाना

68 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– राजधानीमा जारी साफ यू –१५ फुटबल च्याम्पियनसिपमा बंगलादेशसँग समूह चरणको खेलमा पराजित हुदै समूह उपविजेतामा चित्त बुझाएको भुटान राष्ट्रिय टोलीका जापानी प्रशिक्षक सोगंजान लीले सेमिफाइनलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्ने इच्छा व्यक्त गरेका छन् ।

bhutan coach

भुटानका प्रशिक्षक सोङ्ग्जान ली

बंगलादेशी खेलाडी भुटानी खेलाडि भन्दा शारीरिक रुपमा बलियो देखिए ।

समूह ‘ए’ मा मंगलबार बंगलादेशसँगको अन्तिम खेलपछि पोस्ट म्याच कन्फ्रेन्समा प्रशिक्षक लीले घरेलु टोलीसँग आफ्नो टोलीलाई राम्रो अनुभव हुने बताए । उनले भने,‘नेपाल र भारत दुवै बलियो टोली हुन् । तर हामीलाई घरेलु टोलीसँग खेल्ने चाहना छ ।’
लीले आफ्नो टोली भन्दा बंगलादेशी टोली हरेक पोसिसनमा उत्कृष्ट भएका जित्न सफल भएको बताए । ‘बंगलादेशी टोली शारीरिक रुपमा बलियो देखिए । हरेक पोसिजनमा हाम्रा खेलाडी भन्दा उनीहरु उत्कृष्ट रहेकाले सफल नतिजा निकाले,’ उनले भने,‘ भुटान सानो देश हो । जसरी हामीले प्रदर्शन गर्यौं त्यसमा सन्तुष्ट छौं । ’

बंगलादेशी प्रशिक्षक –‘भारत नै बलियो’

बंगलादेशका प्रशिक्षक मोस्तोफा अनवर परभेजले भने भारत नेपाल भन्दा बलियो रहेको बताएका छन् । ‘हामी सेमिफाइनलमा दुइ मध्ये समूह चरणको अन्तिम खेलमा पराजित हुने टोलीसँग खेल्ने छौ । हाम्रो प्राथमिकतामा कुनै टोली छैन । तर दुई मध्ये भारत बलियो देखिन्छु,’उनले भने,‘भारतका खेलाडी प्रतियोगिताको नियमभन्दा बढी उमेरका देखिन्छन् ।

बंगलादेशका प्रशिक्षक परभेजले सेमिफाइनलमा टोलीमा सुधार गर्नुपर्ने बताए । उनले भने, ‘हाम्रो टोलीमा सुधारको आवश्कयता देखिन्छ । हामीले मुख्यतः फिनिसिंङमा ध्यान दिनु पर्नेछ । ’ सेमिफाइनलमा समूह ए को विजेता बंगलादेशले समूह बीको उपविजेताको सामना गर्नेछ । बुधबार हुने नेपाल र भारत बीचको खेलले समूह बीको विजेताको टुंगो लाग्नेछ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.